दाहालले भने- ‘बेपत्ता योद्धाहरूले देखेको सपनालाई सार्थक बनाउनुपर्छ’
<p>काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बेपत्ता याेद्धाहरूले देखेकाे सपनालाई सार्थकतामा बदल्नु कम्युनिष्ट क्रान्तिकारीहरूकाे जिम्मेवारी भएकाे बताएका छन्।</p>
<p>बेपत्ता योद्धाको स्मृति दिवसको सन्दर्भमा आज एक वक्तव्य जारी गर्दै दाहालले बेपत्ता योद्धाको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।</p>
<p>उनले वक्तव्यमार्फत् बेपत्ताका परिवारको अभिभावकत्व र उनीहरूका सन्नतिको शिक्षादीक्षा एवं भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।</p>
<p>यस्तै उनले सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता भएका योद्धाहरूको संघर्षका कारण नै आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारी चरणमा रहेकाे बताए।</p>
प्रतिक्रिया दिनुहोस्