अष्ट्रेलियाको राजधानीमा पहिलोपटक उडान गर्दै नेपाल एअरलाइन्स

काठमाडौं। नेपाल एअरलाइन्सले अष्ट्रेलियाको राजधानी क्यानबेरामा चार्टर्ड उडान गर्ने टुंगो लागेको छ।

२३ जेठमा नेपाल वायुसेवा निगमको वाइडबडी ए-३३० जहाज क्यानबेरा जान लागेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्।

नेपालको राजधानीबाट अष्ट्रेलियाको राजधानीसम्म यो पहिलो व्यावसायिक उडान हुनेछ।

कोरोना संक्रमण रोक्नका लागि नेपालले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि नेपालमा रोकिएका अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर उक्त जहाज अष्ट्रेलिया जान लागेको हो।

करीब २५० जना यात्रु लिएर उक्त जहाज क्यानबेरा जाने खड्काले बताइन्।

लकडाउनको बीचमा नेपाल एअरलाइन्सले अष्ट्रेलियामा गर्न लागेको यो तेस्रो उडान हो।

यसअघि २४ वैशाखमा सिड्नीमा र १९ चैतमा व्रिसबेनमा चार्टर्ड उडान गरेको थियो।

अष्ट्रेलिया जाने यात्रुको टिकट व्यवस्थापनको जिम्मा भने नेपाल एअरलाइन्सले नै लिएको प्रवक्ता खड्काले बताइन्।

नेपालस्थित अष्ट्रेलियन दूतावासको संयोजनका यो चार्टर्ड उडान हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्