राष्ट्रिय सभाले पारित गर्‍याे खेलकुद विकास विधेयक
काठामाडौं। राष्ट्रिय सभाको आज बसेको बैठकले ‘राष्ट्रिय खेलकुद विकास विधेयक २०७५’ सर्वसम्मतले पारित गरेको छ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सदनमा ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गरेका थिए।

मन्त्रीको उक्त प्रस्तावलाई राष्ट्रिय सभाले सर्वसम्मतरूपमा पारित गरेको हाे।

यसअघि १६ साउन २०७६ मा राष्ट्रिय सभाले उक्त विधेयक पारित गरी प्रतिनिधि सभामा पठाएको थियो। प्रतिनिधि सभाले गत २१ फागुनमा सर्वसम्मतरूपमा पारित गरी पुनः राष्ट्रिय सभामा पठाएको हो।

राष्ट्रिय सभाबाट पारित यस विधेयकलाई अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जान्छ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, ‘‘नयाँ ऐन संघीयताअनुसार बनेको र यसले स्पोर्ट्सको नर्म्स र भ्यालुलाई स्वीकार गरेको छ।’’

केन्द्र र प्रदेशका क्षेत्राधिकार छुट्याइएका छन्। केन्द्रले केन्द्रस्तरमा समन्वय गर्नेछ भने प्रदेशले प्रदेशस्तरमा समन्वय गर्नेछ। जिल्ला प्रदेशअन्तर्गत रहेकाे उनकाे भनाइ छ।

प्रतिनिधि सभाका सदस्यसमेत रहेका श्रेष्ठले भने, ‘‘बोर्डको गठन प्रक्रियामा सम्बन्धित एजेन्सीहरूलाई प्रतिनिधित्व गराउने व्यवस्था गरेको छ। मन्त्रालयसँग प्रत्यक्ष समन्वयको व्यवस्था गरेको छ।’’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्