काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमितको उपचार र क्वारेन्टाइनलाई व्यवस्थित गर्न निर्देशन दिएका छन्।
कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर छाउनीको निरीक्षणपछि आज उच्चस्तरीय समितिका संयोजकसहितका पदाधिकारीलाई प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले उच्चस्तरीय समिति र सीसीएमसीलाई क्वारेन्टाइएको गुणस्तरमा सुधार र तत्काल व्यवस्थित गर्न समेत निर्देशन दिएका सीसीएमसी कार्य समितिका संयोजक एवं प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाइँले बताए।
संक्रमितको उपचार, कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा तदारूकताका साथ काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।
सचिव गुरागाइँका अनुसार छलफलमा प्रधानमन्त्री ओलीलाई सीसीएमसीबाट भए/गरेका काम र आगामी रणनीतिका बारेमा ब्रिफिङ गरिएको थियो।
“हामीले अहिलेसम्मको काम, रणनीतिक कार्य लगायतका बारेमा ब्रिफिङ गराएका हौं”, उनले भने, “प्रधानमन्त्रीबाट थप सशक्त रूपले कोभिड-१९ को रोकथाम र नियन्त्रणमा लाग्न निर्देशन भएको छ।”
सीसीएमसीका अनुसार छलफलमा प्रधानमन्त्रीलाई विदेशबाट फर्किन चाहने नेपालीलाई कसरी ल्याउने भन्ने विषयमा तयार पारिएको योजनाका बारेमासमेत जानकारी गराइएको छ।
“कसरी ल्याउने, कहाँ राख्ने, के कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा हामीले गरिरहेको योजनाका बारेमा जानकारी गरायाैं”, सचिव गुरागाइँले भने।
सीसीएमसीले भारत लगायतका विभिन्न मुलुकबाट १३ लाख बढी नेपाली ल्याउनुपर्ने विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमितको उपचार र क्वारेन्टाइनलाई व्यवस्थित गर्न निर्देशन दिएका छन्।कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर छाउनीको निरीक्षणपछि आज उच्चस्तरीय समितिका संयोजकसहितका पदाधिकारीलाई प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।

">