काठमाडौं। संखुवासभा जिल्लामा निर्माण हुन लागेको एक हजार ६० मेगावाटको माथिल्लो अरूण जलविद्युत आयोजनामा लगानी गर्न ऊर्जामन्त्री वर्षमान पुनले विश्व बैंकलाई आग्रह गरेका छन्।

आज भएको भर्चुअल बैठकमा ऊर्जामन्त्री पुनले विश्व बैंकका नेपाल, श्रीलङ्का र माल्दिभ्स हेर्ने निर्देशक फारिस एच हाडाड जेरभोसलाई उक्त आयोजनामा लगानीको प्रस्ताव गरेका हुन्।

सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा पनि माथिल्लो अरूण आयोजना निर्माण शुरू गर्ने उल्लेख गरिएको छ। उक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन पनि विश्व बैंककै सहयोगमा तयार हुने अवस्थामा रहेको छ।

“माथिल्लो अरूण असाध्यै राम्रो आयोजना मध्येको हो। त्यसमा विश्व बैंकले लगानी गर्छ भन्ने हामीलाई विश्वास छ”, मन्त्री पुनले भने। विश्व बैंकले उक्त आयोजनामा लगानी गर्न चाहे सहकार्य लगानीकर्ता मन्त्रालयले खोजिदिने उनले बताएका छन्।

बैठकमा सहभागी फारिसले मन्त्री पुनको प्रस्ताव विश्व बैंकको नेतृत्व तहमा लैजाने बताए।

उक्त आयोजनामा नेपाल विद्युत प्राधिकरणको ७८ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, आयोजनाका कर्मचारीको ५ प्रतिशत र अपाङ्गता भएका नागरिकको दुई प्रतिशत लगानी हुने गरी लगानी मोडल तय गरिएको छ।

कम्पनी मोडेलमा उक्त जलविद्युत् आयोजना निर्माण गर्ने निर्णय प्राधिकरणले यसअघि नै गरिसकेको छ।

माथिल्लो अरूण आयोजना निर्माणका लागि एक खर्ब ६० अर्बभन्दा बढी लागत लाग्ने अनुमान छ। उक्त आयोजनामा विश्व बैंकले १४ अर्ब ३८ करोड ८० लाख बराबरको सहुलियत ऋण दिने प्रतिबद्धता यसअघि नै जनाइसकेको छ।

" /> काठमाडौं। संखुवासभा जिल्लामा निर्माण हुन लागेको एक हजार ६० मेगावाटको माथिल्लो अरूण जलविद्युत आयोजनामा लगानी गर्न ऊर्जामन्त्री वर्षमान पुनले विश्व बैंकलाई आग्रह गरेका छन्।

आज भएको भर्चुअल बैठकमा ऊर्जामन्त्री पुनले विश्व बैंकका नेपाल, श्रीलङ्का र माल्दिभ्स हेर्ने निर्देशक फारिस एच हाडाड जेरभोसलाई उक्त आयोजनामा लगानीको प्रस्ताव गरेका हुन्।

सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा पनि माथिल्लो अरूण आयोजना निर्माण शुरू गर्ने उल्लेख गरिएको छ। उक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन पनि विश्व बैंककै सहयोगमा तयार हुने अवस्थामा रहेको छ।

“माथिल्लो अरूण असाध्यै राम्रो आयोजना मध्येको हो। त्यसमा विश्व बैंकले लगानी गर्छ भन्ने हामीलाई विश्वास छ”, मन्त्री पुनले भने। विश्व बैंकले उक्त आयोजनामा लगानी गर्न चाहे सहकार्य लगानीकर्ता मन्त्रालयले खोजिदिने उनले बताएका छन्।

बैठकमा सहभागी फारिसले मन्त्री पुनको प्रस्ताव विश्व बैंकको नेतृत्व तहमा लैजाने बताए।

उक्त आयोजनामा नेपाल विद्युत प्राधिकरणको ७८ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, आयोजनाका कर्मचारीको ५ प्रतिशत र अपाङ्गता भएका नागरिकको दुई प्रतिशत लगानी हुने गरी लगानी मोडल तय गरिएको छ।

कम्पनी मोडेलमा उक्त जलविद्युत् आयोजना निर्माण गर्ने निर्णय प्राधिकरणले यसअघि नै गरिसकेको छ।

माथिल्लो अरूण आयोजना निर्माणका लागि एक खर्ब ६० अर्बभन्दा बढी लागत लाग्ने अनुमान छ। उक्त आयोजनामा विश्व बैंकले १४ अर्ब ३८ करोड ८० लाख बराबरको सहुलियत ऋण दिने प्रतिबद्धता यसअघि नै जनाइसकेको छ।

"> माथिल्लो अरूणमा लगानी गर्न विश्व बैंकलाई ऊर्जामन्त्री पुनको आग्रह: Dekhapadhi
माथिल्लो अरूणमा लगानी गर्न विश्व बैंकलाई ऊर्जामन्त्री पुनको आग्रह
काठमाडौं। संखुवासभा जिल्लामा निर्माण हुन लागेको एक हजार ६० मेगावाटको माथिल्लो अरूण जलविद्युत आयोजनामा लगानी गर्न ऊर्जामन्त्री वर्षमान पुनले विश्व बैंकलाई आग्रह गरेका छन्।

आज भएको भर्चुअल बैठकमा ऊर्जामन्त्री पुनले विश्व बैंकका नेपाल, श्रीलङ्का र माल्दिभ्स हेर्ने निर्देशक फारिस एच हाडाड जेरभोसलाई उक्त आयोजनामा लगानीको प्रस्ताव गरेका हुन्।

सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा पनि माथिल्लो अरूण आयोजना निर्माण शुरू गर्ने उल्लेख गरिएको छ। उक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन पनि विश्व बैंककै सहयोगमा तयार हुने अवस्थामा रहेको छ।

“माथिल्लो अरूण असाध्यै राम्रो आयोजना मध्येको हो। त्यसमा विश्व बैंकले लगानी गर्छ भन्ने हामीलाई विश्वास छ”, मन्त्री पुनले भने। विश्व बैंकले उक्त आयोजनामा लगानी गर्न चाहे सहकार्य लगानीकर्ता मन्त्रालयले खोजिदिने उनले बताएका छन्।

बैठकमा सहभागी फारिसले मन्त्री पुनको प्रस्ताव विश्व बैंकको नेतृत्व तहमा लैजाने बताए।

उक्त आयोजनामा नेपाल विद्युत प्राधिकरणको ७८ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, आयोजनाका कर्मचारीको ५ प्रतिशत र अपाङ्गता भएका नागरिकको दुई प्रतिशत लगानी हुने गरी लगानी मोडल तय गरिएको छ।

कम्पनी मोडेलमा उक्त जलविद्युत् आयोजना निर्माण गर्ने निर्णय प्राधिकरणले यसअघि नै गरिसकेको छ।

माथिल्लो अरूण आयोजना निर्माणका लागि एक खर्ब ६० अर्बभन्दा बढी लागत लाग्ने अनुमान छ। उक्त आयोजनामा विश्व बैंकले १४ अर्ब ३८ करोड ८० लाख बराबरको सहुलियत ऋण दिने प्रतिबद्धता यसअघि नै जनाइसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्