भारतका दुई सयवटा रेलको टिकट बुकिङ आजदेखि
नयाँदिल्ली। आगामी १ जुनदेखि सञ्चालनमा आउने दुई सयवटा रेलसेवाका लागि आजदेखि टिकट बुकिङ खुला भएको छ।

भारतीय रेलवेका अनुसार यी रेल श्रमिक रेलभन्दा फरक हुन्। एसी, नन एसी र जनरल सबै प्रकारका कोच यी रेलमा हुने छन्। ती सबै श्रेणीका लागि रिजर्भेसन खुलाइएको हो।

जनरल कोचका लागि आईआरसीटीसीको वेबसाइट र मोबाइल एपमार्फत अनलाइन बुकिङको व्यवस्था मिलाइएको छ। ३० दिन पहिले नै रिजर्भेसन गरिसक्नुपर्ने नियम ल्याइएको छ।

वेटिङ लिस्टको टिकट पनि जारी हुनेछ। तर, वेटिङ लिस्टमा रहेका यात्रीले यात्रा गर्न पाउने छैनन्। सामान्य अवस्थामा भारतीय रेल सेवाले वेटिङ लिस्टमा रहेका यात्रीलाई पनि यात्रा गराउने गरेको छ।

रेल चढ्नुअघि सबै यात्रीको स्क्रिनिङ गरिने र कोभिड-१९ को लक्षण नदेखिएका यात्रीलाई अनुमति दिइने भारतीय रेल सेवाले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्