काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशमा तीन महीनालाई पुग्ने खाद्यान्नको मौज्दात रहेको बताएको छ।
यसका साथै, थप आयात हुने प्रक्रियामा रहेको र आयात भइरहेको खाद्यान्नको परिमाण जोड्दा थप तीन महीनाको माग धान्ने मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताइन्।
अहिले देशभर दैनिक उपभोग्य वस्तुको अभाव नरहेको मन्त्रालयको दाबी छ। मन्त्रालयका अनुसार दाल, चामल, तेल, नुन, चिनी, पेट्रोलियम पदार्थ, गहुँ, सिमी र फापरको मौज्दात पर्याप्त छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात रहेको सहप्रवक्ता केसीले बताइन्।
उनका अनुसार व्यापार कम्पनीसँग १६ हजार ५०५ र उद्योगी-व्यवसायीसँग ७५ हजार मेट्रिक टन चामल मौज्दात छ।
“दुर्गमका २३ जिल्लामा मात्रै दुई हजार ८४३ मेट्रिक टन चामल मौज्दात छ,” केसीले भनिन्, “यस्तै, जिल्लाहरूमा ६ ६४ क्विन्टल फापर, ५२४ क्विन्टल सिमी, ५५७ मेट्रिक टन गहुँ र १८ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात छ।”
यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनसँग एक लाख ३७ हजार ९६६ मेट्रिक टन नुन मौज्दात छ। दुर्गमका जिल्लामा मात्रै दुई हजार ८२५ मेट्रिक टन नुन मौज्दात रहेको मन्त्रालयले बताएको छ।
मन्त्रालयका अनुसार साल्ट ट्रेडिङसँग दुई हजार २६३ र निजी क्षेत्रसँग ६३ हजार २०७ मेट्रिक टन चिनी, १६ हजार मेट्रिक टन दाल र ८३ हजार मेट्रिक टन खानेतेल आयातको प्रक्रियामा छन्।
लकडाउनमा कमै सवारी साधान चलेकाले नेपाल आयल निगमसँग प्रशस्त मात्रामा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास मौज्दात रहेको केसीले बताइन्।
" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशमा तीन महीनालाई पुग्ने खाद्यान्नको मौज्दात रहेको बताएको छ।यसका साथै, थप आयात हुने प्रक्रियामा रहेको र आयात भइरहेको खाद्यान्नको परिमाण जोड्दा थप तीन महीनाको माग धान्ने मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताइन्।

">