राष्ट्रपति भण्डारी आज स्वदेश फर्कँदै
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी  म्यान्मार र जापानको भ्रमण सकेर आज नेपाल फर्कँदै छिन।

जापानको हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ उनी आज स्वदेश फर्कने कार्यक्रम छ।

जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागि हुन राष्ट्रपति विद्यादेवी भण्डारी  ३ कात्तिकमा म्यान्मारबाट जापान गएकि थिइन्।

समारोहमा विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा प्रतिनिधिसमेत उपस्थित थिए।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका अधिकारीहरु छन्।

यसअघि राष्ट्रपति भण्डारीले म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको पाँच दिनको राजकीय भ्रमण गरेकि थिइन्।

राष्ट्रपतिले २९ असोजबाट आफ्नो भ्रमण शुरु गरेकि हुन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्