श्रमको आधारमा राहत दिने गाउँपालिकाको निर्णय

लमजुङ। जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिकामा श्रम गरेपछि मात्र राहत वितरण गरिने भएको छ।

गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले श्रमिक, मजदुर तथा विपन्न परिवारलाई श्रममा आधारित राहतको व्यवस्था गर्ने निर्णय गरेको हो।

सो गाउँपालिकाले यसअघि एक हजार २०० परिवारलाई पहिलो चरणको राहत वितरण गरिसकेको जनाएको छ।

अब भने श्रम गरेपछि मात्र राहत दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए।

उनले भने, “हामीले श्रमका आधारमा राहत वितरण गर्नेछौँ। यसरी श्रम गरेर राहत दिँदा श्रमलाई माया गर्ने, विश्वास गर्ने र सबै कुरामा राज्यसँग निर्भर हुनु नपर्ने हुँदा राज्यलाई समेत कम भार पर्ने भएकाले श्रम गरेर मात्र राहत दिने निर्णय पालिकाले गरेको छ।” रासस

प्रतिक्रिया दिनुहोस्