घर फर्कन चाहने नेपालीलाई विदेशबाट ल्याऊ : कांग्रेस नेता निधि

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोभिड-१९ महामारीका कारण विदेशमा संकटमा परेका नेपालीलाई स्वदेश फर्कन सरकारले सहयोग गर्नुपर्ने बताएका छन्।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको अनलाइन बैठकमा नेता निधिले महामारीका बेला जो जहाँ बसेका भए पनि स्वदेश फर्कन चाहने नेपालीलाई घर फर्काउनुपर्नेमा जोड दिएका छन्।

कोभिड-१९ विरुद्ध अग्रस्थानमा रहेर काम गर्ने चिकित्साकर्मी, सहयोगी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र सञ्चारकर्मीको कार्यको प्रशंसा गर्दै उनीहरूको स्वास्थ्यको सुरक्षाका साथ विशेष प्रोत्साहन प्याकेज ल्याउन सरकारसाग निधिको माग छ।

बैठकमा महमारीको बेला र महामारीपश्‍चातका प्रतिकार्यको बेला पार्टीको गतिविधि, सरकारका नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको थियो ।

बैठकमा प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग, स्वास्थ्य, शिक्षालगायत महत्वपूर्ण क्षेत्रका लागि कुनै ठोस योजना नआएको भन्दै आगामी वर्ष बेरोजगारीको समस्या बढ्ने चिन्ता जनाए। रासस

प्रतिक्रिया दिनुहोस्