काठमाडौं। बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको तेस्रो र चौथो त्रैमासको किस्ता र ब्याज असार मसान्तमा तिर्दा हुने सुविधा नेपाल राष्ट्र बैंकले दिएको छ। तर, कतिपय बैंकहरूले भने ऋणिहरूलाई किस्ता र ब्याजको लागि ताकेता गरेर हैरान पारेको व्यवसायीहरूले बताएका छन्।
बैंकले ऋण खातामा भएको पैसा तानिदिएको र खातामा पैसा नभए फोन गरेर किस्ता तिर्न बोलाउने गरेको उद्योगी पशुपति मुरारकाले बताए।
“बार्गेनिङ गर्न सक्ने उद्योगी व्यवसायीले बैंकसँग झगडा गरेर पनि किस्ता तिरेका छैनन्। पहुँच नभएका साना व्यवसायीहरूलाई बैंकले दैनिक फोन गरेर ताकेता गरिरहेको छ”, मुरारकाले भने।
बैंकले अनावश्यक ताकेता गरेको भन्दै काठमाडौं बाहिर रहेका उद्योगी व्यवसायीहरूले फोनमा आफूलाई जानकारी गराएको मुरारकाले बताए।
“अहिले उद्योगी व्यवसायीले पैसा तिर्न सक्ने अवस्था छैन। उद्योग व्यवसाय बन्द भएको कारण उनीहरू आफै तनावमा छन्। बैंकले फोन गरेर ताकेता गर्दा झन तनाव बढेको छ”, उनले भने।
बैंक खातामा भएको पैसा पनि तानिदिएको कारण लकडाउन खुलेर उद्योग व्यवसाय सञ्चालन गर्ने बेलामा पनि नगद प्रवाहको व्यवस्थापन गर्न कठिन हुने अवस्था आएको उनले बताए। राष्ट्र बैंकले दिएको सुविधालाई बैंकहरूले आ-आफ्नो तरिकाले व्याख्या गरिरहेको उनले बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले पनि बैंकले ताकेता गरेर तनाव दिन थालेको भनेर जिल्ला, नगरका उद्योगीहरूले महासंघमा गुनासो गर्न थालेको बताइन्। “पहुँच पुग्नेले त सुविधा लिएको छ। साना व्यवसायीलाई असाध्यै समस्या भएको छ। हरेक दिन गुनासोयुक्त फोन आउने गरेको छ”, राणाले भनिन्।
राष्ट्र बैंकले १६ वैशाखमा सूचना प्रकाशन गरेर वैशाख र जेठमा असुल गर्नुपर्ने मासिक र त्रैमासिक किस्ताहरू असार मसान्तमा असुल गरे हुने र त्यसमा कुनै जरिवाना लिन नपाइने व्यवस्था गरेको छ।
“पहुँच पुग्नेले त सुविधा लिएको छ। साना व्यवसायीलाई असाध्यै समस्या भएको छ। हरेक दिन गुनासोयुक्त फोन आउने गरेको छ”, भवाणी राणा, अध्यक्ष- नेपाल उद्योग वाणिज्य महासंघ।
बैंकको माथिल्लो तहका कर्मचारीले सुविधा दिएको बताउने गरेको र तल्लो तहका कर्मचारीलाई ताकेता गर्न लगाउने गरेको एक व्यवसायीले बताए।
“बैंकलाई पनि पैसा नउठ्ला भन्ने चिन्ता होला। एकैपटक लोड हुँदा ऋण नतिर्लान् भन्ने परेको पनि हुन सक्छ। व्यवसायीहरूलाई बैंकबाट प्रेसरचाहिँ आएको छ”, ती व्यवसायीले भने।
यिनै समस्या लिएर बैंकर एशोसिएशन र व्यवसायीहरूले संयुक्त रूपमा राष्ट्र बैंकका गभर्नरलाई भेट्नको लागि पहल गरिरहेको महासंघकी अध्यक्ष राणाले बताइन्।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवालले भने बैंकहरूले ताकेता गरेको जानकारी आफूले नपाएको बताए।
बैंकले ताकेता गरेपनि उद्योगीहरू अहिले ऋण तिर्न सक्ने अवस्थामा नरहेको उनले बताए। “राष्ट्र बैंकले बैंकहरूलाई ब्याज पुँजिकरण गर्ने अधिकार दिनुपर्छ। ऋण पुनसंरचना गरेर ऋण तिर्ने अवधि दुई वर्ष नबढाउँदासम्म बैंकको ऋण तिर्न सक्ने अवस्था हुँदैन”, उनले भने।
बैंकर भन्छन्- सुविधा दिएका छौं
राष्ट्र बैंकले दिएको सुविधा सबै बैंकले अनिवार्य रूपमा कार्यन्वयन गर्नुपर्ने भएकोले उद्योगी व्यवसायीले भनेजस्तो ताकेता नगरिएको नेपाल बैंकर्स एशोसिएसन (एनबीए)का अध्यक्ष एवं सानीमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए।
“कतिपय अवस्थामा सफ्टवेयरको सिस्टमले खाता भएको पैसा तानेको हुनसक्छ। तर, उद्योगी व्यवसायीले फिर्ता गरिदिनुस् भनेको अवस्थामा त्यसरी तानिएको पैसा फिर्ता गरेका छौं”, दाहालले भने।
कुनै बैंकले त्यसरी ताकेता गरेको भए सम्बन्धित बैंकको व्यवस्थापनसँग कुरा गर्न र त्यहाँबाट समस्या समाधान नभएमा बैंकर्स एशोशिएसन र नेपाल राष्ट्र बैंकको गुनासो सुन्ने निकायमा सम्पर्क गर्न दाहालले आग्रह गरे।
“कतिपय अवस्थामा सफ्टवेयरको सिस्टमले खाता भएको पैसा तानेको हुनसक्छ। तर, उद्योगी व्यवसायीले फिर्ता गरिदिनुस् भनेको अवस्थामा त्यसरी तानिएको पैसा फिर्ता गरेका छौं”, भुवन दाहाल, अध्यक्ष-नेपाल बैंकर्स एशोसिएसन।
“एनबीएमा पनि गुनासो सुन्ने व्यवस्था मिलाएका छौं। राष्ट्र बैंकमा पनि गुनासो सुनुवाइ हुने व्यवस्था छ। समस्यामा परेका उद्योगी व्यवसायीले त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ”, उनले भने।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले राष्ट्र बैंकले दिएको सुविधा आफ्ना ग्राहकलाई जानकारी गराउनको लागि बैंकहरूले फोन गरेको हुनसक्ने बताए। तर, बैंकको सफ्टवेयरको सिस्टमले तानेको पैसा बैंकहरूले फिर्ता गरिरहेको उनले बताए।
“चैतमा तिर्नुपर्ने किस्ता तिर्दा ब्याजमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था छ। १० लाख तिर्नुपर्ने रहेछ भने उसले एक लाख रूपैयाँ छुट पाउँछ। ग्राहकलाई अहिले जानकारी गराइएन भने पछि किन जानकारी गराउनुभएन भन्छन्। त्यसैले बैंकहरूले फोन गरेका हुनसक्छन्”, उनले भने।
तर, कपितय ऋण तिर्न सक्ने व्यवसायीहरूले पनि सरकारले केही सुविधा दिइहाल्छ कि भनेर ऋण नतिरी बसेको बताए। एकैपटक तिर्दा व्यवसायीहरूलाई पनि समस्या हुने भएकाले सक्नेले तिर्दै गर्दा उनीहरूलाई नै सजिलो हुने शेरचनले बताए।
" /> काठमाडौं। बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको तेस्रो र चौथो त्रैमासको किस्ता र ब्याज असार मसान्तमा तिर्दा हुने सुविधा नेपाल राष्ट्र बैंकले दिएको छ। तर, कतिपय बैंकहरूले भने ऋणिहरूलाई किस्ता र ब्याजको लागि ताकेता गरेर हैरान पारेको व्यवसायीहरूले बताएका छन्।बैंकले ऋण खातामा भएको पैसा तानिदिएको र खातामा पैसा नभए फोन गरेर किस्ता तिर्न बोलाउने गरेको उद्योगी पशुपति मुरारकाले बताए।

">