हर्ले र बेन्केनले फ्लोरिडाको मानव अन्तरिक्ष यान मुख्यालयबाट उडान भर्नेछन्, जहाँ अहिले उनीहरू ‘क्वारेन्टाइन’मा छन्। उनीहरू निरन्तर आफ्नो स्वास्थ्यको सुरक्षा गरिरहेका छन्, ता कि उनीहरू बुधबार तोकिएकै समयमा अन्तरिक्षका लागि उड्न सकुन्।
खगोलविद्हरूको रकेट ‘फाल्कन-९’ र क्याप्सुल ‘ड्र्यागन’ केनेडी स्पेसपोर्टको लोकप्रिय प्याड ‘कम्प्लेक्स ३९ ए’बाट गराइने विष्फोटपछि अन्तरिक्षतिर सोझिने छन्।
अहिले उनीहरू ग्राउन्ड स्टाफहरूसँग मिलेर रिहर्सलमा पनि व्यस्त छन्। “ड्रयागन एक अद्भुत वाहन हो। यो अन्तरिक्ष सटल होइन। एक सानो क्याप्सुल हो,” हर्ले भन्छन्, “यो प्रविधिको हिसाबाट अत्याधुनिक छ। र, हामी यसमा सवार हुन आतुर छौं।”
बेन्केनका अनुसार कुनै अन्तरिक्ष यात्री नयाँ डिजाइन गरिएको अन्तरिक्ष यानमा यात्रा गर्न लागेको ६ दशकको इतिहासमा यो पाँचौंपटक मात्र हो।
आगामी साताको प्रक्षेपण नासाको रणनीतिमा एक महत्वपूर्ण क्षण हो, जसमार्फत भविष्यमा उसले अन्तरिक्ष गतिविधि सञ्चालन गर्नेछ।
नासाले आफ्नो व्यावसायिक क्रु कार्यक्रम सन् २०१० मै अगाडि सारेको हो। र, ‘स्पेस-एक्स’ र एरोस्पेस हेभिवेट बोइङ छनोट भए, क्रु ट्रान्सपोर्टेसन सेवाको विकासका लागि।
दुवै कम्पनीले निकट भविष्यमा आफ्ना अन्तरिक्ष यानका सीटहरू अन्य स्पेस एजेन्सी, कम्पनी र धनाढ्य व्यक्तिहरूलाई बिक्री गर्न सक्नेछन्। “यसले अन्तरिक्षमा मानिसको पहुँच वृद्धि गराउनेछ,” नासाका प्रशासक जिम ब्राइडेन्सटाइन भन्छन्।
अहिलेका लागि केही हजार किलोमिटर टाढा पृथ्वीको परिक्रमा गरिरहेको आईएसएससम्म मात्र पुग्दैछन्, हर्ले र बेन्केन। तर, भविष्यको योजना त्यतिमै सीमित छैन, गहिरो अन्तरिक्षमा टाढासम्म मानिसलाई पुर्याउने लक्ष्य छ।
जस्तो, गत अप्रिलमा नासाले चन्द्रमामा फेरि मानव पाइला पुर्याउने योजना अगाडि सार्यो। र, यो पनि एक सेवा हुनेछ, जो कुनै कम्पनीले खरिद गर्नेछ।

निजी कम्पनीको यानमा अन्तरिक्षतिर उड्दै दुई खगोलविद्: Dekhapadhi
निजी कम्पनीको यानमा अन्तरिक्षतिर उड्दै दुई खगोलविद्

वासिङ्टन। आगामी बुधबार अपराह्न चार बजेर ३३ मिनट। अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्ष यात्राका लागि उड्ने छन्, खगोलविद्‍द्वय डग हर्ले र बब बेन्केन।

मानिस अन्तरिक्ष यात्रामा निस्किने विषय नौलो रहेन। तर, यसपटक हर्ले र बेन्केनले अन्तरिक्ष यात्रामा एउटा अर्को इतिहास रच्दैछन्। यसअघिका यात्रा सरकारी एजेन्सीले निर्माण गरेका रकेट र यानमा हुने गर्थे। अन्तरिक्ष यात्राको करिब ६ दशकको इतिहासमा पहिलोपटक एक व्यापारिक कम्पनी ‘स्पेस-एक्स’ले बनाएका रकेटमा जडित क्याप्सुलमा हर्ले र बेन्केनले यात्रा गर्दै छन्।

अर्थात्, अब अन्तरिक्ष मिसनहरू निजी क्षेत्रको पहुँचमा पनि आएका छन्। त्यसैले हो, यी दुई खगोलविद्हरूको अन्तर्राष्‍ट्रिय स्पेस स्टेसन (आईएसएस)सम्मको यात्रालाई ऐतिहासिक भनिएको पनि।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०११ सम्म आफ्नै यान सञ्चालन गर्दै आएको थियो। तर, अन्तरिक्ष सटलको अन्तिम हिस्साको ‘रिटायरमेन्ट’पछि आफ्नै यान निर्माण अभियान स्थगित गर्‍यो।

त्यसयता नै हो, अन्तरिक्ष अभियानमा निजी क्षेत्र आकर्षित भएको पनि।

हर्ले र बेन्केनले फ्लोरिडाको मानव अन्तरिक्ष यान मुख्यालयबाट उडान भर्नेछन्, जहाँ अहिले उनीहरू ‘क्‍वारेन्टाइन’मा छन्। उनीहरू निरन्तर आफ्नो स्वास्थ्यको सुरक्षा गरिरहेका छन्, ता कि उनीहरू बुधबार तोकिएकै समयमा अन्तरिक्षका लागि उड्न सकुन्।

खगोलविद्हरूको रकेट ‘फाल्कन-९’ र क्याप्सुल ‘ड्र्यागन’ केनेडी स्पेसपोर्टको लोकप्रिय प्याड ‘कम्प्लेक्स ३९ ए’बाट गराइने विष्‍फोटपछि अन्तरिक्षतिर सोझिने छन्।

अहिले उनीहरू ग्राउन्ड स्टाफहरूसँग मिलेर रिहर्सलमा पनि व्यस्त छन्। “ड्रयागन एक अद्भुत वाहन हो। यो अन्तरिक्ष सटल होइन। एक सानो क्याप्सुल हो,” हर्ले भन्छन्, “यो प्रविधिको हिसाबाट अत्याधुनिक छ। र, हामी यसमा सवार हुन आतुर छौं।”

बेन्केनका अनुसार कुनै अन्तरिक्ष यात्री नयाँ डिजाइन गरिएको अन्तरिक्ष यानमा यात्रा गर्न लागेको ६ दशकको इतिहासमा यो पाँचौंपटक मात्र हो।

आगामी साताको प्रक्षेपण नासाको रणनीतिमा एक महत्वपूर्ण क्षण हो, जसमार्फत भविष्‍यमा उसले अन्तरिक्ष गतिविधि सञ्‍चालन गर्नेछ।

नासाले आफ्नो व्यावसायिक क्रु कार्यक्रम सन् २०१० मै अगाडि सारेको हो। र, ‘स्पेस-एक्स’ र एरोस्पेस हेभिवेट बोइङ छनोट भए, क्रु ट्रान्सपोर्टेसन सेवाको विकासका लागि।

दुवै कम्पनीले निकट भविष्‍यमा आफ्ना अन्तरिक्ष यानका सीटहरू अन्य स्पेस एजेन्सी, कम्पनी र धनाढ्य व्यक्तिहरूलाई बिक्री गर्न सक्नेछन्। “यसले अन्तरिक्षमा मानिसको पहुँच वृद्धि गराउनेछ,” नासाका प्रशासक जिम ब्राइडेन्सटाइन भन्छन्।

अहिलेका लागि केही हजार किलोमिटर टाढा पृथ्वीको परिक्रमा गरिरहेको आईएसएससम्म मात्र पुग्दैछन्, हर्ले र बेन्केन। तर, भविष्‍यको योजना त्यतिमै सीमित छैन, गहिरो अन्तरिक्षमा टाढासम्म मानिसलाई पुर्‍याउने लक्ष्‍य छ।

जस्तो, गत अप्रिलमा नासाले चन्द्रमामा फेरि मानव पाइला पुर्‍याउने योजना अगाडि सार्‍यो। र, यो पनि एक सेवा हुनेछ, जो कुनै कम्पनीले खरिद गर्नेछ।