संविधान संशोधनको प्रस्ताव ल्याउन मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्दैछ। अहिले १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्‍न लागेको हो।

आजको बैठकले संविधान संशोधनको प्रस्ताव ल्याउने छ। सरकारले जारी गरेको नयाँ नक्सा कार्यान्वयनका लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ।

संविधानमा रहेको निशान छापभित्र रहेको नेपालको नक्सा परिवर्तन गरेर नयाँ सार्वजनिक गरिएको नक्सा राख्नुपर्ने हुन्छ। निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्नुपर्ने भएकाले आजको बैठकले उक्त प्रस्ताव संसदमा प्रस्तुत गर्ने निर्णय गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ।

सरकारले गत बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्दै सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउने जानकारी गराएका थिए।

यस्तै, आजको बैठकमा भारतलगायत तेस्रो मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउने विषयमा पनि छलफल हुनेछ। आजको बैठकले लकडाउनको मोडालिटीका सम्बन्धमा पनि छलफल गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्