रौतहटमा प्रहरीबाट १२ राउन्ड हवाई फायर
काठमाडौं। रौतहटको राजपुर बमकाण्डका अभियुक्त महताब आलम लुकेर बसेको गोप्य सूचनापछि रौतहट प्रहरीले हिजो मध्यरातमा बमकाण्डका मुख्य अभियुक्त मोहम्मद आफताब आलमको घरमा खानतलासी गरेको छ।
राति १२ बजे प्रहरीको टोली राजपुरस्थित मोहम्मद आफताब आलमको घरमा पुगेको थियो।
प्रहरीको टोली खानतलासीमा पुगेपछि त्यहाँ आलमका परिवार र स्थानीय बासिन्दाले अवरोध सिर्जना गरेका थिए। खानतलासी गर्न अवरोध गरिएपछि प्रहरीले भीड नियन्त्रण गर्न १२ राउन्ड हवाई फायर गरेको छ। मध्यरातमा जम्मा भएको भीडले प्रहरीमाथि नै आक्रमण गर्ने स्थिति बनेपछि हवाई फायर गर्नु परेको एसपी खड्काले जानकारी दिए।
राजपुर बमकाण्डका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साहलयायत व्यक्ति अहिलेसम्म फरार छन्।
पहिलो संविधानसभाको निर्वाचन हुनु ठीक एक दिनअघि २७ चैत २०६४ मा नेपाली कांग्रेसका नेता शेस इद्रिसको घरमा बम विस्फोट भएको थियो। उक्त विस्फोटमा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप आलमलाई छ। उक्त विस्फोटमा २२ जनाको ज्यान गएको स्थानीय बासिन्दाले बताउँदै आएका छन्।
२४ वर्षका त्रिलोकप्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको भन्दै सिंहका बुवा श्रीनारायण सिंह र ओसीकी आमा रुक्साना खातुनले किटानी जाहेरी दिएका थिए।
लामो सयमसम्म उक्त मुद्दामा कारबाही प्रक्रिया अघि बढ्न सकेको थिएन। तर, पटक–पटकको सर्वोच्च अदालतको आदेश र प्रहरी प्रशासनले नै तदारुकता देखाएपछि २६ असोज २०७६ मा प्रहरीले १२ वर्षपछि रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहमद आफताब आलमलाई पक्राउ गरेको थियो।
तत्कालीन रौतहट प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीसहितको प्रहरी टोलीले आलमलाई पक्राउ गरेर १२ वर्षअघिको मुद्दाको अनुसन्धान गरेको थियो। जिल्ला अदालतले रौतहटले उक्त बमकाण्डका अभियुक्त मोहम्मद आफताब आलमलाई २९ कात्तिक २०७६ मा पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। अदालतको आदेशपछि नै अहिले आलम नख्खुस्थित कारागारमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्