इद उल फित्रमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
<p>काठमाडौं। सरकारले मुस्लिम धर्मालम्बीहरूको पर्व इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।</p>
<p>आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।</p>
<p>कुन दिन बिदा दिने भन्ने निर्णय भने गरिएको छैन। मुस्लिम धर्मगुरूहरूले मिति तय गरेको दिन बिदा दिने निर्णय भएकाे प्रवक्ता खतिवडाले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्