कृषकसँग ३० हजार क्वीन्टल गहुँ किन्दै खाद्य कम्पनी
सरकारले पहिलोपटक गहुँको समर्थन मूल्य तोकेपछि व्यापार कम्पनीले देशभरबाट ३० हजार क्वीन्टल गहुँ किन्न लागेको हो।
हाल सरकारले गहुँको समर्थन मूल्य प्रति क्वीन्टल तीन हजार १० रुपैयाँ तोकेको छ।
कम्पनीले सोही मूल्यमा हालसम्म धनगढी र बर्दियाका कृषकसँग पाँच हजार क्वीन्टल गहुँ खरीद गरिसकेको प्रवक्ता शर्मिला न्यौपाने बताइन्।
पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै रोकिएको खरीद प्रक्रिया पुन शुरू हुन लागेको उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्