काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ।
५ जेठमा मन्त्रिपरिषद्ले स्वीकृत गरेर ७ जेठमा जारी गरिएको नेपालको पूर्ण नक्शाले हालको निशान छापमा रहेको नक्शालाई प्रतिस्थापन गर्न संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधन गर्ने निर्णय गरेको थियो।
संविधानको अनुसूची ३ मा रहेको निशान छापको बिचमा नेपालको नक्शा छ। हालसम्म प्रचलनमा रहेको नक्शालाई भारतले अतिक्रमण गरेको लिम्पियाधुरा लगायतको भूभाग समेटेर जारी गरेको नक्शाले विस्थापित गरिनेछ। संविधानको अनुसूची फेर्नुपर्ने भएकाले संविधान नै संशोधन गर्न लागिएको हो।
संघीय संसदका सचिव गोपालनाथ योगीले दर्ता भएको प्रस्तावलाई दुवै सदनको दुई तिहाइले पास गरेपछि संविधान संशोधन हुने बताए।
प्रतिनिधि सभाको बैठक आगामी १३ जेठमा बस्दैछ।
" /> काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ।५ जेठमा मन्त्रिपरिषद्ले स्वीकृत गरेर ७ जेठमा जारी गरिएको नेपालको पूर्ण नक्शाले हालको निशान छापमा रहेको नक्शालाई प्रतिस्थापन गर्न संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो।

">