काठमाडौं। बीमा समितिले आज अण्डरराइटिङ निर्देशन जारी गरेर भारतलगायत विदेशबाट आएका नेपालीलाई कोभिड-१९ बीमा लेख खरिदमा थप कडाइ गरेको छ।

पछिल्लो समयमा कोरोनाको संक्रमण निरन्तर बढेसँगै समितिले विदेशबाट आएका व्यक्ति र उसको परिवारको लागि कोभिड-१९ बीमाको प्रावधानमा कडाइ गरेको हो।

कुनै पनि व्यक्ति भारत लगायत अन्य मुलुकबाट नेपाल आएर १५ दिन क्वारेन्टाइनमा बसे पश्चात आफ्नो परिवारमा थप १५ दिन बसेपछि मात्रै बीमालेख ग्राह्य हुने व्यवस्था गरेको छ।

यसअघि कोभिड-१९ बीमा लेख जारी भएको १५ दिनपछि ग्राह्य हुने व्यवस्था थियो। संक्रमितको संख्या बढेसँगै अण्डरराइटिङ निर्देशनको आवश्यकता महसुस भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।

“खुल्ला सीमाका कारण विशेषगरी भारतबाट स्वदेश फर्कने नेपालीहरूको सीमानाकामा अत्यधिक चाप पर्न थालेको छ। कोरोना बीमा लेख जारी गर्न दिएको निर्देशनको मूल मर्मलाई कायमै राखी यस बीमा लेखको लागि विशेष खालको अण्डरराइटिङ निर्देशन जारी गर्नुपर्ने आवश्यकता समेत देखिएको छ”, समितिले आज जारी गरेको निर्देशनमा भनिएको छ।

अहिले निर्जीवन बीमा कम्पनीहरूले एक लाख र ५० हजार रूपैयाँ बीमाङ्क रकम कायम गरी दुई प्रकारका बीमा लेख जारी गर्न पाउँछन्।

उक्त बीमा लेखमा थप पाँच बुँदा अण्डरराइटिङ गर्न बीमा कम्पनीहरूलाई बीमा समितिले निर्देशन दिएको छ।

अब कोभिड–१९ बीमा गर्दा भारतलगायत विदेशी मुलुकबाट नेपाल आएर १५ दिन क्वारेन्टाइनमा बसे पश्चात आफ्नो परिवारमा बसेको १५ दिनपछि मात्रै कोभिड–१९ को बीमा लेख खरिद गर्न पाउनेछन्।

क्वारेन्टाइनमा बसेको र परिवारसँग बसेको १५ दिन पुगेको कुरा स्थानीय तहबाट प्रमाणित गराएको हुनुपर्छ।

त्यसैगरी, विदेशबाट फर्केका नेपाली र उसको परिवारले यस्तो बीमा गर्दा कोभिड-१९ को आरडीटी परीक्षण गराएको प्रमाणपत्र पेश गर्नुपर्छ। यस्तो आरडीटी रिपोर्ट पनि स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट प्रमाणित भएको हुनुपर्छ।

सबै निर्जीवन बीमा कम्पनीहरूलाई अण्डरराटिङ कार्यका लागि संलग्न पूरक फारम वेबसाइटमा राखि उक्त फारम स्वीकृत भएपश्चात मात्र बीमालेख जारी हुने गरी आफ्नो विद्युतीय बिक्री प्रक्रियामा अनिवार्यरूपमा थप गर्न पनि समितिले निर्देशन दिएको छ।

" /> काठमाडौं। बीमा समितिले आज अण्डरराइटिङ निर्देशन जारी गरेर भारतलगायत विदेशबाट आएका नेपालीलाई कोभिड-१९ बीमा लेख खरिदमा थप कडाइ गरेको छ।

"> विदेशबाट आएका नेपालीलाई कोभिड-१९ बीमा गर्न थप कडाइ, क्वारेन्टाइन र आरडीटी परीक्षण अनिवार्य: Dekhapadhi
विदेशबाट आएका नेपालीलाई कोभिड-१९ बीमा गर्न थप कडाइ, क्वारेन्टाइन र आरडीटी परीक्षण अनिवार्य
काठमाडौं। बीमा समितिले आज अण्डरराइटिङ निर्देशन जारी गरेर भारतलगायत विदेशबाट आएका नेपालीलाई कोभिड-१९ बीमा लेख खरिदमा थप कडाइ गरेको छ।

पछिल्लो समयमा कोरोनाको संक्रमण निरन्तर बढेसँगै समितिले विदेशबाट आएका व्यक्ति र उसको परिवारको लागि कोभिड-१९ बीमाको प्रावधानमा कडाइ गरेको हो।

कुनै पनि व्यक्ति भारत लगायत अन्य मुलुकबाट नेपाल आएर १५ दिन क्वारेन्टाइनमा बसे पश्चात आफ्नो परिवारमा थप १५ दिन बसेपछि मात्रै बीमालेख ग्राह्य हुने व्यवस्था गरेको छ।

यसअघि कोभिड-१९ बीमा लेख जारी भएको १५ दिनपछि ग्राह्य हुने व्यवस्था थियो। संक्रमितको संख्या बढेसँगै अण्डरराइटिङ निर्देशनको आवश्यकता महसुस भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।

“खुल्ला सीमाका कारण विशेषगरी भारतबाट स्वदेश फर्कने नेपालीहरूको सीमानाकामा अत्यधिक चाप पर्न थालेको छ। कोरोना बीमा लेख जारी गर्न दिएको निर्देशनको मूल मर्मलाई कायमै राखी यस बीमा लेखको लागि विशेष खालको अण्डरराइटिङ निर्देशन जारी गर्नुपर्ने आवश्यकता समेत देखिएको छ”, समितिले आज जारी गरेको निर्देशनमा भनिएको छ।

अहिले निर्जीवन बीमा कम्पनीहरूले एक लाख र ५० हजार रूपैयाँ बीमाङ्क रकम कायम गरी दुई प्रकारका बीमा लेख जारी गर्न पाउँछन्।

उक्त बीमा लेखमा थप पाँच बुँदा अण्डरराइटिङ गर्न बीमा कम्पनीहरूलाई बीमा समितिले निर्देशन दिएको छ।

अब कोभिड–१९ बीमा गर्दा भारतलगायत विदेशी मुलुकबाट नेपाल आएर १५ दिन क्वारेन्टाइनमा बसे पश्चात आफ्नो परिवारमा बसेको १५ दिनपछि मात्रै कोभिड–१९ को बीमा लेख खरिद गर्न पाउनेछन्।

क्वारेन्टाइनमा बसेको र परिवारसँग बसेको १५ दिन पुगेको कुरा स्थानीय तहबाट प्रमाणित गराएको हुनुपर्छ।

त्यसैगरी, विदेशबाट फर्केका नेपाली र उसको परिवारले यस्तो बीमा गर्दा कोभिड-१९ को आरडीटी परीक्षण गराएको प्रमाणपत्र पेश गर्नुपर्छ। यस्तो आरडीटी रिपोर्ट पनि स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट प्रमाणित भएको हुनुपर्छ।

सबै निर्जीवन बीमा कम्पनीहरूलाई अण्डरराटिङ कार्यका लागि संलग्न पूरक फारम वेबसाइटमा राखि उक्त फारम स्वीकृत भएपश्चात मात्र बीमालेख जारी हुने गरी आफ्नो विद्युतीय बिक्री प्रक्रियामा अनिवार्यरूपमा थप गर्न पनि समितिले निर्देशन दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्