प्रधानमन्त्री अजरबैजान जानुअघि प्रतिपक्षसँग छलफल
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरूको १८औं सम्मेलनमा भाग लिन जानु अघि आज प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन्।

अपराह्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका शीर्ष नेताबीच छलफल भएको हो।

छलफलमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रमेश लेखक तथा मिनेन्द्र रिजाललगायतका नेता सहभागी थिए।

संसदीय दलका उपनेता नेम्वाङले सत्तापक्ष र  प्रमुख प्रतिपक्षबीच नियमित भेटघाट शुरू गरिएको देखापढीलाई बताए। संक्रमणकालीन न्यायसम्बन्धमा केही छलफल भएको हो भन्ने प्रश्नमा उनले भने, “सत्तापक्ष र प्रतिपक्षबीचको छलफलमा सबै विषयमा छलफल हुन्छ । संक्रमणकालीन न्यायकाबारे पनि हुन्छ ।”

यसअघ ४ कात्तिकमा पनि प्रधानमन्त्री निवास बालुवाटारमा दुई दलबीच छलफल भएको थियो ।  उक्त बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग सम्बन्धी कानून यथाशक्य बनाउनेबारेमा सहमति जुटेको नेम्वाङले देखापढीलाई बताएका थिए।

भोली प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन अजरबैजान जाँदैछन् । प्रधानमन्त्री विदेशमा रहँदा दोस्रो तहका नेताहरूबीच नियमित भेटघाट र छलफल हुने तथा प्रधानमन्त्री फर्किएपछि पुनः शीर्ष नेताहरूबीचको छलफललाई निरन्तरता दिइने उपनेता नेम्वाङले जानकारी दिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्