वाणिज्य विभागले २६९ व्यवसायीलाई वितरण गर्‍याे सवारी पास
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २६९ व्यवसायीलाई सवारी पास वितरण गरेको छ।

विभागले ४ जेठदेखि लकडाउनमा व्यवसाय सञ्चालन गर्न चाहने व्यवसायीहरूलाई सवारी पास वितरण गर्दै आएको छ।

गृह मन्त्रालयले जारी गरेको सम्पूर्ण सवारी पास रद्द भएपछि विभागले पास वितरण गर्न थालेको हो।

वितरण शुरू गरेदेखि ८ जेठसम्ममा २६९ व्यवसायीले विभागबाट पास लिएका छन्।

यद्यपि आज वितरण भएको पासको सूची भने आइनसकेको विभागका निर्देशक रविन्द्र आचार्यले बताए।

लकडाउनमा अत्यावश्यक वस्तु, औषधि र औषधिजन्य वस्तु, पेट्रोलियम पदार्थ र पशुजन्य वस्तु सामग्री बोक्ने सवारीलाई भने पास आवश्यक पर्दैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्