अंपुन चक्रवातले भारत र बंगलादेशमा गरेको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त
<p>काठमाडौं। बंगालको खाडीबाट विकास भएर भारतको पश्चिम बंगाल र बंगलादेशसम्म पुगी अंपुन नामक चक्रवातले पुर्‍याएको क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरको छ।</p>
<p>परराष्ट्र मन्त्रालयले आज दुईवटा छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी भारत र बंगलादेशमा चक्रवातले पुर्‍याएको क्षतिमा दुःख व्यक्त गरेको हो।</p>
<p>विज्ञप्तिमा चक्रवातका कारण भारतको पश्चिम बंगाल र उडिसा राज्यमा तथा बंगलादेशमा ज्यान गुमाउनेहरूका परिवार तथा भारत र बंगलादेश सरकारप्रति समवेदना प्रकट गरिएको छ।</p>
<p>साथै नेपालले चक्रवातमा परी घाइते भएका दुवै देशका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्