पाकिस्तानमा विमान दुर्घटना हुँदा प्रधानमन्त्री ओली स्तब्ध

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानमा भएको जहाज दुर्घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन्।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै पाकिस्तान सरकार र दुर्घटनामा ज्यान गुमाएकाहरूका आफन्तलाई समवेदना व्यक्त गरेका छन्।

आज दिउँसो पाकिस्तानको लाहाेरबाट कराँचीका लागि उडेको पाकिस्तान इन्टरनेशनल एअरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।

जहाजमा चालक दलका सदस्यसहित १०७ जना सवार रहेको बताइएको छ।

प्रधानमन्त्री ओलीले दुर्घटनामा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

I am deeply shocked to hear the news about the plane crash in Pakistan today.

Heartfelt condolences to the government of Pakistan and the bereaved family members who lost their loved ones.

I wish for the speedy recovery of those injured.

— K P Sharma Oli (@kpsharmaoli) May 22, 2020

प्रतिक्रिया दिनुहोस्