नेपालकाे पूर्ण नक्शा राजपत्रमा प्रकाशित

काठमाडाैं। नेपालकाे पूर्ण नक्शा (राजनीतिक तथा प्रशासनिक) राजपत्रमा प्रकाशित भएकाे छ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको पूर्ण नक्शा ५ जेठमा मन्त्रिपरिषद्काे बैठकले पारित गरेकाे थियाे।

राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठमा संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नयाँ नक्शा सार्वजनिक गर्ने घोषणा गरेकी थिइन्।

त्यसकाे एकहप्तापछि ७ जेठमा पूर्ण नक्शा सार्वजनिक गरिएकाे थियाे।

भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नेपालले नयाँ नक्शा तयार पारेको हो। नक्शामा नेपालको संघीयताअनुरूपका प्रदेश र स्थानीय तह पनि समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्