चावहिलमा घर भत्काउने क्रममा दुईजना घाइते, एकको अवस्था गम्भीर
काठमाडौं। काठमाडौंको चावहिलदेखि चुच्चेपाटी जाने बाटो नजिकै मूल सडकमा रहेको एक पुरानो घर भत्किँदा दुईजना घाइते भएका छन्।

पुरानो घर भत्काउने क्रममा एकजना कामदार र एक पैदल यात्रु घाइते भएका हुन्।

“घर भत्काउने काम भइरहेको समयमा एक्कासि माथिल्लो क्षत खसेर दुईजना घाइते भएका छन्,” गौशालाका डीएसपी प्रदीपकुमार सिंहले भने, “उनीहरूको दीघार्यु अस्पतालमा उपचार भइरहेको छ।”

घरधनी गोविन्द श्रेष्ठले पुरानो मोडलको घर भत्काएर नयाँ बनाउन भत्काउने ठेक्का दिएर काम गराइरहेका थिए ।

घाइते हुनेमा घर भत्काउन काम गरिरहेका कामदार दीपक तामाङ र पैदल यात्रु रामबहादुर कुँवर रहेका छन्। तामाङको अवस्था गम्भीर छ। प्रहरीका अनुुसार उनी बोल्न सकिरहेका छैनन्।

चार तलाको घर भत्काउने क्रममा माथिबाट छतको भाग भत्किएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्