महामारीबीच अर्बपति बने जुमका संस्थापक एरिक युआन
काठमाडौं। कोभिड-१९ को महामारीको कारण विश्वव्यापी आर्थिक मन्दी आइरहेको समयमा जूमका संस्थापक भने अर्बपति बनेका छन्। विश्वका ठूला र प्रख्यात कम्पनीहरु धरासायी बन्दै गइरहँदा जुमका मूख्य लगानीकर्ता एरिक युआन डलर अर्बपति बनेका हुन्।

धेरै कम्पनीले आफ्ना कर्मचारीलाई तलब खुवाउन नसक्ने भन्दै कर्मचारी कटौती र बेतलबी विदाको व्यवस्था गरिसकेका छन्। जुममा घरमै बसेर भिडिओमार्फत् अफिसको मिटिङ तथा स्कूल कलेजको पढाई गर्न मिल्छ। अहिले लकडाउनकाे समयमा धेरैले यसलाई प्रयाेग गरेकाले सबैभन्दा बढी नाफा पनि जुमलाई नै भइरहेको छ।

गत वर्षको सेप्टेम्बरसम्ममा जुम आफूलाई स्थापित गर्न संघर्ष गरिरहेको थियो भने डिसेम्बरसम्ममा पनि सबै सामान्य नै थियो। तर, डिसेम्बरपछि महामारीका कारण विश्वको अवस्थामा बदलिन थाल्यो। त्यसैकारण जुमका लगानीकर्ता युआनको कमाई पनि बढ्न थाल्याे।

विश्वभरको वित्तीय बजार डुब्दै गइरहेको त्यही समयमा जुमको शेयर १४ प्रतिशतको दरले बढ्दै थियो। डिसेम्बरपछि दैनिक एक करोड मानिसहरुले जुमको प्रयोग गर्न थालेका थिए। अप्रिलसम्ममा त्यो संख्या बढेर २० करोड पुगेको थियो। मे महिनाको सुरुवातमा कम्पनीको दैनिक प्रयोगकर्ताको संख्या ३० करोड नाघिसकेको थियो।

प्रयोगकर्ताको संख्या बढ्दै जाँदा जुमका लगानीकर्ता एरिक युआनको सम्पत्ति ४ अर्ब अमेरिकी डलर बढ्यो। किनकी विश्व पूर्णरुपमा लकडाउनमा हुँदा मानिसहरु एकअर्कासँग भर्चूअल कुरा गर्ने प्लेटर्फम चाहिएको थियो। अमेरिकी फोब्स म्यागेजिनका अनुसार हाल उनको सम्पत्ति ७.८ अर्ब अमेरिकी डलरभन्दा बढी छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्