क्यानडामा जस्टिन ट्रुडो दोस्रो पटक प्रधानमन्त्री बन्ने निश्चित
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले ४ कात्तिकमा सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जितेको छ। योसँगै उनी दोस्रो कार्यकाल प्रधानमन्त्री बन्ने निश्चित भएको छ।

तर, लिबरल पार्टीले पूर्ण बहुमत प्राप्त गर्न भने सकेन।

संसदमा सबैभन्दा ठूलो दल भएका कारण दोस्रो पटक प्रधानमन्त्री बन्ने निश्चित भएसँगै जस्टिनले सरकार गठनका बारेमा साना दलहरुसँग छलफल थालेका छन्।

संसदको कूल ३३८ स्थानमध्ये जस्टिनको दलले १५६ स्थानमा विजयी हुने देखिएको छ। मुख्य विपक्षी एन्ड्रु सियरको कन्जरभेटिभ्सले १२२ स्थान जित्नेछ।

हिजो बिहानैदेखि प्रधानमन्त्री जस्टिनले नयाँ सरकार गठनका लागि साना दलसँग सहमति जुटाउने प्रयासमा छन्।

हाल ४७ वर्ष पुगेका जस्टिनले मतदान सकिएलगत्तै समर्थकहरुलाई सम्बोधन गर्दै क्यानडाली जनताले विभाजन र सरकारी अनुदानमाथिको निर्भरतालाई अस्वीकार गरेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्