काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको ‘एक्सन रूम’बाट राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरेका छन् ।
प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीलाई साथमै राखेर ‘भिडियो कन्फ्रेन्स’ मार्फत् आयोजनाको अनुगमन गरेका हुन् ।
प्रधानमन्त्रीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, भेरी–बबई डाइभर्सन, रानीजमरा र सिक्टा सिंचाई, पुष्पलाल लोकमार्गलगायत आयोजनाको अनुगमन गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार सम्बन्धित आयोजना प्रमुखहरूले प्रधानमन्त्रीलाई प्रगति विवरण ‘ब्रिफ’ गरेका छन् ।
प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. युवराज खतिवडा, पर्यटन मन्त्री योगेश भट्टराई, ऊर्जा मन्त्री वर्षमान पुन, भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठ लगायत सहभागी छन् ।
" /> काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको ‘एक्सन रूम’बाट राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरेका छन् ।

">