कांग्रेसले दिउँसो २ बजे बोलायो पदाधिकारी बैठक
<p>काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बोलाइएको छ।</p>
<p>दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो।</p>
<p>सरकारले सार्वजनिक गरेको नेपालको पूर्ण नक्शा, निशान छापमा रहेको नक्शालाई हालै जारी गरेको पूर्ण नक्शाले प्रतिस्थापन गर्नेगरी गर्न लागिएको संविधान संशोधन, १५ जेठमा आउन लागेको बजेटबारे बैठकको मुख्य अजेण्डा रहेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले <em>देखापढी</em>लाई बताए।</p>
<p>आजको बैठकमा कोभिड-१९ को महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारले गरिरहेको कामको बारेमा पनि छलफल हुने बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्