अर्थमन्त्रीको सचिवालयका एक कर्मचारी भन्छन्, “धेरैवटा जिम्मेवारीबीच बजेट लेखनमा खट्नुपर्ने भएकाले भेटघाटमा उहाँले समय दिन पाउनु भएको छैन। अर्थविद, पूर्व अर्थमन्त्री, राजनीतिक नेतृत्वसँग पनि इमेलमार्फत् नै बजेटबारे सुझाव मागिएको छ।”
अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार अर्थमन्त्री खतिवडाले बजेटका सबैजसो विषय आफै सहभागी भएर टुङ्ग्याउने गरेका छन्। अहिलेसम्म बजेटमा समावेश हुने कार्यक्रम पहिचान भइसकेका छन्।
अधिकांश नीतिगत विषय पनि टुंगिएका छन्। छनोट भएका कार्यक्रममा स्रोत व्यवस्थापनको काममा बजेट तयारी टीम जुटिरहेको छ। अर्थमन्त्रीले त्यसमा समन्वय गरिरहेका छन्।
बजेट आउनु अगाडि तयार हुनुपर्ने बजेटका सिद्धान्त र प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम उनी नेतृत्वको टीमले टुङ्ग्याएर संसदमा प्रस्तुत गरिसकेको छ।
त्यसबाहेक, आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा बजेट प्रस्तुत हुनुभन्दा अगाडि नै सार्वजनिक भइसक्नुपर्छ। त्यसैगरी, आर्थिक ऐन र रातो किताब भनेर चिनिने व्यय अनुमानको शीर्षकगत खर्च विवरण बजेट वक्तव्य सँगसँगै तयार गर्नुपर्छ।
यसपटक देश लकडाउनमा भएकाले अर्थ मन्त्रालयलाई भीड नियन्त्रणमा खासै तनाव छैन। योजना लिएर बजेट माग्न जानेको संख्या पनि खासै छैन।
अहिले त अन्तरसरकारी वित्त हस्तान्तरणमार्फत् प्रदेश र स्थानीय सरकारमा जाने रकमको विवरण पनि बजेट प्रस्तुत हुने बेलामा तयार भइसक्नुपर्छ। यी सबै काम समयमै सक्न अर्थमन्त्री नेतृत्वको टीम दैनिक १५ घण्टासम्म खटिरहेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्।
बजेट तयारीसँगै अर्थमन्त्रीले मन्त्रालयका नियमित कामलाई पनि निरन्तरता दिनुपर्छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका काम भने उनी सोही मन्त्रालयमा पुगेर गर्छन्।
“सचिवालयका कर्मचारीले सञ्चार मन्त्रालयको काममा समन्वय गर्छौं। मन्त्रीज्यूले सञ्चार मन्त्रालयमै गएर त्यहाँका काम गर्ने गर्नुभएको छ”, सचिवालयका एक कर्मचारीले भने।
यही बीचमा उनले बजेटका सम्बन्धमा प्रधानमन्त्रीसँग पनि समन्वय गर्न भ्याउँछन्।
सरकारको नीति तथा कार्यक्रम कार्यन्वयन गर्ने बलियो आधार नै बजेट हो। बजेटमा समावेश भएका कार्यक्रममा प्रधानमन्त्रीको चासो हुने नै भयो। पछिल्ला दिन दैनिक जसो नै अर्थमन्त्री र प्रधानमन्त्रीको भेट भइरहेको बालुवाटार स्रोत बताउँछ। प्रधानमन्त्रीलाई भेट्न अर्थमन्त्री बालुवाटार नै पुग्छन्।
यी सबै काम सकेर अर्थमन्त्री पूल्चोकस्थित मन्त्री निवास पुग्दा प्रायः रातीको १० बजिसकेको हुन्छ। कहिलेकाहीँ त उनी त्यसभन्दा पनि ढिलो घर पुगेका हुन्छन्। साँझको खाना उनी घरमै पुगेर खान्छन्।
मन्त्री नै बिहान चाँडै मन्त्रालय आउने र राति अबेरसम्म मन्त्रालयमै रहने भएपछि कर्मचारी त्यसैअनुसार खट्ने भए नै। अर्थ मन्त्रालयका दुईजना सचिव (अर्थ र राजश्व) र बजेट लेखनमा खटिएको टीम अर्थमन्त्री निस्केपछि मात्रै घर फर्किन्छन्।
भीडभाडको तनावमुक्त अर्थ मन्त्रालय
सामान्य अवस्थामा हुन्थ्यो भने यतिबेला अर्थ मन्त्रालय ढोका बन्द गरेर बजेट लेखनमा व्यस्त हुन्थ्यो। कर्मचारीबाहेक अरूका लागि ढोका बन्द गरेर भीडभाड नियन्त्रण गरिन्थ्यो।
बजेटमा करको दर परिवर्तनको विषय पनि हुने भएकाले अर्थ मन्त्रालयले निकै कडा सुरक्षाका बीच बजेट बनाउँछ।
तर, यसपटक देश लकडाउनमा भएकाले अर्थ मन्त्रालयलाई भीड नियन्त्रणमा खासै तनाव छैन। योजना लिएर बजेट माग्न जानेको संख्या पनि खासै छैन।
तर, अर्थमन्त्री खतिवडाले बजेटको गोपनीयता कायम गर्न चासोपूर्वक ध्यान दिएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्।

फाइल तस्वीर।

बजेट लेखनमा १५ घन्टा खट्छन् अर्थमन्त्री : सातै बजे खाना, मकै र रोटी खाजा: Dekhapadhi
बजेट लेखनमा १५ घन्टा खट्छन् अर्थमन्त्री : सातै बजे खाना, मकै र रोटी खाजा

काठमाडौं। आउँदो आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत हुन अब चार दिन मात्र बाँकी छ। संवैधानिक व्यवस्था अनुसार १५ जेठमा संघीय सरकारको बजेट संघीय संसदमा प्रस्तुत हुनुपर्छ।

त्यहीअनुसार आर्थिक वर्ष २०७७/७८ को बजेट बजेट तयारीका लागि अर्थ मन्त्रालयको संयन्त्र चटारोमा छ। र, यसको समग्र नेतृत्व अर्थमन्त्री डा. युवराज खतिवडाले गरिरहेका छन्।

बजेट तयारीको सबैभन्दा बढी तनाव र गह्रुङ्गो जिम्मेवारी पनि उनकै काँधमा छ। त्यसमाथि यस पटकको बजेटका प्राथमिकता फेरिएका छन्। कोरोनाले थिलथिलो पारेको अर्थतन्त्रलाई जुरूक्क काँध हाल्न सक्ने बजेट बनाउने जिम्मेवारी अर्थमन्त्रीकै हुनेछ।

अर्थमन्त्री खतिवडा बजेट तयारीमा जुटेको यो निरन्तर तेस्रो पटक हो। अघिल्ला दुई वर्षमा उनलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चुनावी घोषणा पत्र कार्यन्वयन हुने र उच्च आर्थिक वृद्धि सुनिश्चित गर्ने गरी महत्वाकांक्षी र आकर्षक कार्यक्रम समावेश गरेर बजेट बनाउने छुट थियो।

तर, यस पटक उनी कोरोनाले चौपट पारेको अर्थतन्त्रलाई उकास्ने गरी बजेट बनाउनुपर्ने जिम्मेवारीमा छन्। यद्यपी, आर्थिक वृद्धिमा सहयोग गर्ने र आर्थिक परिचालन हुने कार्यक्रम बजेटमा ल्याउने घोषणा उनले संसदमै गरिसकेका छन्।

मन्त्री नै बिहान चाँडै मन्त्रालय आउने र राति अबेरसम्म मन्त्रालयमै रहने भएपछि कर्मचारी त्यसैअनुसार खट्ने भए नै। अर्थ मन्त्रालयका दुईजना सचिव (अर्थ र राजश्व) र बजेट लेखनमा खटिएको टीम अर्थमन्त्री निस्केपछि मात्रै घर फर्किन्छन्।

अघिल्ला वर्षहरूमा बजेट बनाउँदा स्रोत व्यवस्थापनका लागि उनलाई धेरै माथापच्छी गर्नै पर्दैनथ्यो। राजश्वको स्रोत, वैदेशिक अनुदान र ऋणबाट सजिलै बजेटको स्रोत व्यवस्थापन हुन्थ्यो। वैदेशिक दातृ निकायसँग खतिवडाको राम्रै सम्बन्ध भएकाले वैदेशिक सहायता जुटाउन पनि खासै कठिन थिएन।

तर, अहिले परिस्थिति फेरिएको छ। विश्व अर्थतन्त्र नै कोरोना महाव्याधीले चौपट बनेको छ। द्धिपक्षीय, बहुपक्षीय दातृ निकायको क्षमता खुम्चिएको छ। यस्तो अवस्थामा अर्थतन्त्र पुनरूत्थान गर्ने, रोजगारी बढाउने, पूर्वाधार विकास गर्ने कार्यक्रमसहित राहतको प्याकेजसम्म समावेश भएको बजेट बनाउनुपर्ने चुनौतिपूर्ण जिम्मेवारीमा अर्थमन्त्री खतिवडा छन्।

यी चुनौतिलाई बोक्ने बजेट तयारीको लागि अर्थ मन्त्रालयमा दुई वटा टोली खटिएका छन्। एउटा टोलीले बजेट लेखनको काम गरिरहेको छ भने अर्को टोली नीतिगत रूपमा बजेटले समेट्नुपर्ने विषय टुङ्गो लगाउन काम गरिरहेको छ। यी सबै कामको संयोजन भने अर्थमन्त्री डा. खतिवडाले गरेका छन्।

यसका लागि उनी बिहान ७ देखि ८ बजेको बीचमा अर्थ मन्त्रालय पुगिसक्छन्। सामान्य अवस्थामा नौ बजे आसपास उनी मन्त्रालय पुग्ने गर्थे भने साँझ ७ बजे मन्त्रालयबाट फर्किइसक्थे। तर, बजेट निर्माणको चटारोले उनको दैनिकी फेरिएको छ। त्यसमाथि अर्थमन्त्री अहिले दोहोरो जिम्मेवारीमा छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीसँगै सरकारको प्रवक्ताको जिम्मेवारी पनि खतिवडाकै काँधमा छ। त्यसबाहेक कोरोना नियन्त्रण, रोकथाम तथा उपचार उच्चस्तरीय समन्वय समितिको सदस्य पनि छन् उनी। कोरोना संक्रमण, नियन्त्रण तथा रोकथामका लागि हुने सबैजसो छलफल र योजना निर्माणमा उनको सहभागिता प्रमुख हुने गर्छ।

यी सबै कामलाई समय दिएर बजेट लेखनमा समय निकाल्नुपर्छ। त्यहीकारण पनि हरेक दिन बिहान ८ बजे अगाडि नै उनी मन्त्रालय पुगिसक्छन्।

बिहानै मन्त्रालय पुगे पनि उनी खाना भने घरमै खाएर निस्कन्छन्। अर्थमन्त्रीका स्वकीय सचिव यमन पौडेल भन्छन्, “बिहान ७ देखि साढे ७ बजेको बीचमा खाना खानुहुन्छ र ८ बजे अगाडि नै मन्त्रालय पुगिसक्नुहुन्छ।”

अर्थमन्त्री खतिवडा मुटु रोगका बिरामी र शाकाहारी हुन्। त्यहीकारण पनि प्रायः घरबाहिर खाँदैनन्। त्यसमाथि अहिले कोरोना संक्रमणको सन्त्रास उत्तिकै छ।

मन्त्रालयमा भने उनले चिया र खाजा खान्छन्। उनका लागि मन्त्रालयमै खाजा तयार हुन्छ। धेरैजसो रोटी, कर्नफ्लेक्स, चाउचाउ, दही चिउरा, मकै, जस्ता सादा खाजा उनका लागि बन्ने गरेको पौडेलले बताए।

मन्त्रालय पुगेपछि उनको धेरैजसो समय बजेटको स्रोत व्यवस्थापनसम्बन्धी छलफल र उपायको खोजीमै बित्छ। अर्थमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग डिजिटल माध्यमबाट छलफल गरिरहेका छन्। बजेट लेखन टीमबाहेक अरूसँगको भेटघाटलाई उनले खासै महत्व दिएका छैनन्।