पूर्ण नक्शाअनुसार सांसदको लोगो फेरिने

काठमाडौं। संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिने भएको छ। राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो। सरकारले नेपालको अतिक्रमित भूभागसमेत समेटेर पूर्ण नक्शा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समितिले त्यस्तो निर्णय गरेको हो।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्शा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोही अनुसार परिवर्तन गर्ने निर्णय गरिएको बताए।

संघीय संसदका दुबै सदनमा सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरूको पोशाक र संघीय संसदको प्रतिक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ।

बैठकले १२ जेठका लागि बोलाएको बैठक एक दिन पर सारेको छ । उक्त दिन मुस्लिम समुदायको पर्व इदुल फित्र परेकाले बैठक एकदिन पर सारिएको हो। बैठक १३ जेठ बिशान ११ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्