भ्याक्सिनले भाइरस वा ब्याक्टेरिया मार्दैन बरु मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई नै सक्रिय बन्न उत्प्रेरित गर्छ। त्यसैले पहिला मानिसको रोग प्रतिरोधात्मक क्षमताले कसरी काम गर्छ भन्ने सामान्य जानकारी राख्नु उपयुक्त हुन्छ।
हाम्रो शरीरमा खर्बौं ब्याक्टेरिया र भाइरस हुन्छन्। ती सबैले रोग लगाउँदैनन्। तीमध्ये केही चाहिँ हाम्रो शरीरभित्र प्रवेश गरेर आफ्नो संख्या वृद्धि गरी रोग लगाउन सक्षम चाहिँ हुन्छन्। तर तिनलाई रोक्न हाम्रो शरीरसँग आफ्नै प्रकारको छेकबार हुन्छ।
मानौं, कुनै रोग लगाउने ब्याक्टेरिया हाम्रो शरीरभित्र प्रवेश गर्यो। हाम्रो प्रतिरोधात्मक क्षमताले त्यो आक्रमणकारी हो भनेर चिनिहाल्छ। यस्तो किन हुन्छ भने ब्याक्टेरिया वा भाइरसको सतहमा भएका प्रोटिन वा सुगरको आकारमध्ये कुनै न कुनै आकारको प्रोटिन मानिसको शरीरमा पनि हुन्छ।
यसरी आक्रमणकारी भनेर चिन्नासाथ हाम्रो रगतमा भएका सेता रक्तकोष एकजुट हुन्छन् र आफ्नो काम गर्न थाल्छन्।
एकथरी सेता रक्तकोषले यी आक्रमणकारीसँग जुध्न एन्टिबडिज बनाउन थाल्छन्। एन्टिबडिज अंग्रेजी अक्षर Y आकारको हुन्छ। यी एन्टिबडिज ब्याक्टेरिया वा भाइरसको सतहमा भएका प्रोटिनमा टाँसिन्छन् र तिनलाई मार्छन् वा निस्क्रिय बनाउँछन्।
तर, सबै खालका एन्टिबडिजले ब्याक्टेरिया वा भाइरसविरुद्ध काम गर्दैनन्। त्यसको लागि उनीहरूको आकार आक्रमणकारीको प्रोटिनको आकार मिल्ने खालको हुनुपर्छ। जसरी चाँबीमा साँचो मिलेपछि मात्र खुल्ने वा बन्द हुनेहुन्छ, त्यस्तै गरी आक्रमणकारी ब्याक्टेरिया वा भाइरसलाई नस्क्रिय बनाउन तिनको सतहमा भएका प्रोटिन वा सुगरको आकारसँग एन्टिबडिजको आकार मिल्नुपर्छ।
हाम्रो शरीरमा अर्बौंको संख्यामा सेता रक्तकोष छन्। तीमध्ये कुनै एकले एकै प्रकारको एन्टिबडिजमात्र बनाउन सक्छन्। यी मध्ये केही एन्टिबडिजमात्र आक्रमणकारी ब्याक्टेरिया वा भाइरसको प्रोटिनको आकारसँग मेल खाने हुन्छन्। सही प्रकारको एन्टिबडिज उत्पादन गर्न केही दिन लाग्नसक्छ। तर अहिले नै हाम्रो शरीरमा रोग लगाउन सक्ने खर्बौं ब्याक्टेरिया हुनसक्छन्।
एकपटक सही सेता रक्तकोषहरू सक्रिय भएपछि तिनीहरू तुरुन्तै बाँडिन्छन् र उत्पादन प्रक्रियामा लाग्छन् जसले आवश्यक एन्टिबडिजहरू उत्पादन गर्न शुरु गर्छन्। अन्ततः हाम्रो शरीर ब्याक्टेरिया वा भाइरसबाट मुक्त हुन्छ।
तर, त्यसरी उत्पादन भएका एन्टिबडिज भने रगतमा रहिरहन्छन् र केही सेता रक्तकोषहरू ‘स्मृति कोष’ (मेमोरी सेल्स) बनेर बस्छन्। जबजब पहिले आक्रमण गरेका ब्याक्टेरिया वा भाइरस हाम्रो शरीरमा फेरि छिर्छन् यिनै स्मृति कोषहरू सक्रिय हुन्छन् र हाम्रो रोग प्रतिरोधात्मक क्षमताले त्यसको प्रतिकार गर्न थाल्छ। हामीलाई रोग लाग्न पाउँदैन।
भ्याक्सिनले पनि यसैगरी काम गर्छ। भ्याक्सिनमा निस्क्रिय वा कमजोर बनाइएका ब्याक्टेरिया वा भाइरस वा तिनको सतहमा हुने प्रोटिन वा सुगर हुन्छन्। जब भ्याक्सिन मानव शरीरमा प्रवेश गराइन्छ रोगप्रतिरोधात्मक प्रणालीले ती ब्याक्टेरिया वा भाइरस वा तिनका प्रोटिनलाई वास्तविक जस्तै ठान्छ। अनि माथि व्याख्या गरेजस्तै काम गर्न थाल्छ। र, पछि यदि वास्तविक ब्याक्टेरिया नै मानव शरीरमा प्रवेश गर्यो भने पनि स्मृति कोषले सम्झाइदिइहाल्छ। रोग लाग्न पाउँदैन।
कोरोना भाइरसको तस्वीर हेर्ने हो भने यो भकुण्डोजस्तो देखिन्छ जसको सतहमा काँडाहरू हुन्छन्। ती काँडा प्रोटिनका टुप्पाहरू हुन् जसलाई स्पाइक प्रोटिन भनिन्छ। यसको सतह भने चिल्लो पदार्थले बनेको हुन्छ। त्त्यो चिल्लो पदार्थलाई लिपिड भनिन्छ। सतहभित्र गुदीमा भने आरएनए (राइबोन्युक्लिक एसिड) र प्रोटिन हुन्छ। स्पाइक प्रोटिनले मानव कोषलाई छेडेर भाइरसलाई छिर्न मद्दत गर्छ।
अहिले आविष्कारको क्रममा रहेका धेरैजसो भ्याक्सिन यी स्पाइक प्रोटिनमा केन्द्रित छन्। भ्याक्सिनको कारण प्रतिरोधात्मक प्रणालीले पैदा गर्ने एन्टीबडिजले ती स्पाइक प्रोटिनलाई मानव कोषसम्म जानबाट रोक्ने छेकबारको काम गर्छन्।
सार्स-कोभ-२ विरूद्ध बनाइने सफल भ्याक्सिनले मानिसको प्रतिरोधात्मक प्रणालीलाई भाइरसविरुद्ध जुध्ने एन्टिबडिज उत्पादन गर्न उत्प्रेरित गर्छ।
त्यसोभए कस्ता छन् त आविष्कारको क्रममा रहेका भ्याक्सिन ?
भाइरसमा आधारित भ्याक्सिन
यस्तो खालको भ्याक्सिनले सिंगो कोरोना भाइरसलाई नै परिवर्तन गरेर प्रतिरोधात्मक प्रणालीलाई सक्रिय हुन उत्प्रेरित गर्छ।
अहिले प्रयोगमा रहेका धेरैजसो भ्याक्सिनले निस्क्रिय वा कमजोर बनाइएको भाइरस नै समेटेका हुन्छन्। त्यस्तो भाइरसले रोग लगाउन सक्दैन। प्रतिरोधात्मक कोषले यी भाइरससँग जुध्न थालेपछि एन्टिबडिज उत्पादन गर्न थाल्छन्।
यस्तो भ्याक्सिन बनाउन सम्बन्धित भाइरसको विकास गर्नुपर्छ। इन्फ्लुएन्जा भ्याक्सिनहरू खासगरी कुखुराका अण्डामा विकास गरिन्छ। अरू भ्याक्सिनहरू तैरिरहेका कोषहरू भरिएको भाँडामा विकास गरिन्छ। यो प्रक्रियाबाट भ्याक्सिनको विकास गन महिनौं लाग्नसक्छ।
उदाहरणः इन्फ्लुएन्जा, विफर, दादुराजस्ता रोगका लागि प्रयोग हुने भ्याक्सिन यही प्रकारमा पर्छन्।
कम्पनीहरूः सिनोभाक र अन्य केही कम्पनीले नोबल कोरोना भाइरसको भ्याक्सिनका लागि यो पद्दति प्रयोग गरिरहेछन्।
आनुवंशिक भ्याक्सिन
कोरोना भाइरसको जेनेटिक कोड उपयोग गरेर बनाइएको भ्याक्सिन यस्तो प्रकारको भ्याक्सिनमा पर्छ। यस अन्तर्गत दुई प्रकारका भ्याक्सिन पर्छन्ः डिएनए र आरएनए भ्याक्सिन।
डिएनए भ्याक्सिन
अहिले परीक्षणमा रहेकामध्ये केही भ्याक्सिनले सिंगै भाइरसलाई शरीरभित्र पठाउँदैन। त्यसको साटो ती भ्याक्सिनले आनुवंशिक (जेनेटिक) सन्देश जेनेटिक कोडमार्फत् पठाउँछ जसले भाइरल प्रोटिन बनाउँछ। त्यो प्रोटिनले प्रतिरोधात्मक प्रणालीलाई एन्टिबडिज उत्सर्जन गर्न उत्प्रेरित गर्छ जसले कोरोना भाइरससँग जुध्ने क्षमता विकास गर्छ।
यस्तो खालको आनुवंशिक सन्देश पठाउनेमध्ये एक डिएनए भ्याक्सिन हो। यस्तो भ्याक्सिनमा डिएनएको एउटा वृत्त बनाएर मानव कोषमाा पठाइन्छ। मानव कोषले भाइरसको जीन चिन्छ र त्यसको एउटा प्रतिरुप तयार पार्छ जसलाई म्यासेन्जर आरएनए भनिन्छ। मानवकोषले यी म्यासेन्जर आरएनएको प्रयोग गरेर भाइरसको प्रोटिन जम्मा गर्छ। प्रतिरोधात्मक प्रणालीले यी प्रोटिन चिन्छ र यसको प्रतिरोधात्मकको लागि एन्टिबडिजको विकास गर्छ।
बाँदरमा गरिएको यस्तो खालको भ्याक्सिनको प्रयोगले कोरोना भाइरससँग जुध्न सक्षम भएको देखाएको छ।
उदाहरणः अहिलेसम्म डिएनए भ्याक्सिन मानिसमा प्रयोग भइरहेको छैन। यसको उपयोग पशुहरूमा भने हुने गरेको छ।
कम्पनीहरू: इनोभो र अरू कम्पनीहरू यस्तो खालको भ्याक्सिन विकास गर्न लागिपरेका छन्।
आरएनए भ्याक्सिन
केही अनुसन्धानकर्मीले भने डिएनएको साटो म्यासेन्जर आरएनए नै मानव कोषमा पठाउने गरेका छन्। मानव कोषले म्यासेन्जर आरएनएबाट उत्प्रेरित गरेर स्पाइक प्रोटिन बनाउँछ जसले प्रतिरोधात्मक प्रणालीलाई एन्टीबडिज उत्सर्जन गर्न प्रेरित गर्छ।
मोडर्ना भन्ने बायोटेक कम्पनीले हालै आठ जना स्वंयसेवकहरूमा यसको सुरक्षित प्रयोग गरेको छ जसले कोरोना भाइरससँग जुध्न यस्तो खालको भ्याक्सिन सफल हुने सम्भावना देखाएको छ।
आरएनए र डिएनए दुवै भ्याक्सिन परम्परागत भ्याक्सिनभन्दा छिटो उत्पादन गर्न सकिन्छ।
उदाहरणः डिएनए भ्याक्सिन जस्तै आरएनए भ्याक्सिन पनि अहिलेसम्म स्वीकृत छैन। तर मर्स लगायतका अन्य रोगका लागि यसको परिक्षण भइरहेको छ।
कम्पनीहरूः मोडर्ना, पीफाइजर एन्ड बायोएनटेक, क्युरभ्याक लगायतका कम्पनी यस्तो खालको भ्याक्सिन बनाउन लागिपरेका छन्।
भाइरस बाहक भ्याक्सिन
यस्तो खालको भ्याक्सिनमा कोरोनाभाइरसको जीन मानव कोषसम्म पुर्याउन भाइरसकै प्रयोग गरिन्छ।
मानवकोषमा भाइरसहरू सजिलैसँग प्रवेश गर्न सक्छन्। सन् १९९० को दशकदेखि नै अनुसन्धानकर्मीहरूले मानव कोषसम्म जीन (आनुवंशिक सन्देश) पुर्याउन भाइरसको प्रयोग गर्ने गरेका छन्। यी भाइरसले संक्रामक भाइरसको आनुवंशिक सन्देश (जीन) बोकेर लैजान्छन्। त्यो जीनविरुद्ध प्रतिरोधात्मक प्रणालीले निर्माण गर्ने एन्टीबडिजले भाइरसको संक्रमणबाट मानिसलाई जोगाउँछ।
कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार पार्न वैज्ञानिकहरूको विभिन्न समूहले एडेनोभाइरसको प्रयोग गरिरहेका छन्। उनीहरूले कोरोना भाइरसको सतहमा रहेको स्पाइक प्रोटिन एडेनो भाइरसमा राखेर पठाउँछन्। एडेनो भाइरसले मानव कोषमा प्रवेश गरेपछि स्पाइक प्रोटिनको जीन खन्याउँछ। आफ्नै जीन हराएको हुनाले एडेनो भाइरसले भने संक्रमण गर्न सक्दैन।
हालै चीनले १०८ जनामा परीक्षण गरेको भ्याक्सिन पनि एडेनो भाइरसकै सहायतामा बनाइएको हो।
उदाहरणः खासगरी पशुहरूमा लगाइने रेबिज र डिस्टेम्परको भ्याक्सिन यसैगरी बनाइएको छ। जोन्सन एन्ड जोन्सन कम्पनीले एडेनो भाइरसको प्रयोग गरेर एचआइभी र इबोलाको भ्याक्सिन विकास गरेको छ। दुवै भ्याक्सिन मानिसमा प्रयोग गर्न सुरक्षित भएको ठहर भएको छ। अहिले ती भ्याक्सिनको प्रभावकारीता परीक्षण भइरहेछ।
कम्पनीहरूः जोन्सन एन्ड जोन्सन, क्यान्सिनो, अक्सफोर्ड विश्वविद्यालय र अरूले यस्तो खालको भ्याक्सिनको परीक्षण गरिरहेका छन्।
प्रोटिनमा आधारित भ्याक्सिन
यस्तो खालको भ्याक्सिनमा कोरोना भाइरसको प्रोटिन वा प्रोटिनको अंश प्रयोग गरिएको छ। यो पनि दुई प्रकारको छ।
भाइरसको प्रोटिन भएका भ्याक्सिन
केही भ्याक्सिनहरूमा भाइरसको प्रोटिनको टुक्राहरू प्रयोग गरिएको छ। ती प्रोटिन आफैमा वास्तविक भाइरस नभएका कारण रोग भने लगाउँदैनन् तर तिनले मानिसको प्रतिरोधात्मक प्रणालीलाई कोरोना भाइरसकै रुप देखाउँछन्। जसले गर्दा प्रतिरोधात्मक प्रणालीले ती विरुद्ध एन्टीबडिज निर्माण गर्छ।
उदाहरणः महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्ध प्रयोग गरिने भ्याक्सिन ‘एचपीभी’ यसै अन्तर्गत पर्छ।
कम्पनीहरूः मेडिकागो, डोहर्थी इन्स्टिच्युट र अरूले यसबारे परीक्षण गरिरहेका छन्।
परिस्कृत बाहकमा आधारित भ्याक्सिन
यिस्ट ब्याक्टेरिया वा अन्य कोषमा जेनेटिक इन्जीनियरिङको सहायताले भाइरसको जीन र प्रोटिन मिसाएर परिस्कृत गरिन्छ। त्यसपछि तिनलाई विकास गरेर भ्याक्सिनमा राखिन्छ। कोरोना भाइरसको भ्याक्सिनमा यस्तो मोडलमा सिंगो स्पाइक प्रोटिन वा केही प्रोटिन राखिन्छ।
उदाहरणः हेपाटाइटिस बीविरुद्धको भ्याक्सिन यस अन्तर्गत पर्छ।
कम्पनीहरूः नोभाभक्स र अरू कम्पनीले यस्तो खालको भ्याक्सिन बनाउन परीक्षण गरिरहेका छन्।
(यो सामग्री ‘द न्यूयोर्क टाइम्स’, अक्सफोर्ड विश्वविद्यालय र विश्व स्वास्थ्य संगठन लगायतका प्रकाशनमा आधारित रहेर लक्ष्मण श्रेष्ठले तयार पारेका हुन्।)