आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित, भोलि बस्ने

काठमाडौं। आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ।

बैठक अब भोलि बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

आगामी आर्थिक वर्षको बजेटलगायतको विषयमा छलफल गर्न आज ४ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको थियो।

अब उक्त बैठक भोलिलाई सरेपनि समय भने तोकिएको छैन।

आजको बैठकमा बजेटलगायत समसामयिक विषयमा छलफल हुने कार्यसूची थियो।

सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्