काठमाडौं। चीनको सान्सी प्रान्तको राजधानी सिआनबाट ९ जेठमा काठमाडौंका लागि व्यापारिक सामान बोकेर कार्गो रेल सिगात्सेका लागि छुटेको छ। तिब्बतको सिगात्सेसम्म रेलमार्फत् ल्याइने सामान त्यहाँबाट ठूला ट्रकमा राखेर नेपाल–चीन सीमासम्म पुर्‍याइने छ। त्यसपछि नेपालका कन्टेनर र ट्रकमार्फत् काठमाडौं पुर्‍याइनेछ।

यसका लागि कम्तीमा आठ दिन लाग्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले आज बिहान ट्वीटरमा उल्लेख गरेको छ।

बेइजिङस्थित नेपाली दूतावासले पनि सिआनबाट छुटेको आठदेखि १० दिनमा ती सामान काठमाडौं पुग्ने बताएको छ।

यूरोप तथा मध्य एशिया र पश्चिम एशियालाई रेलमार्फत् जोड्ने चीनको ऐतिहासिक शहर सिआनबाट दक्षिण एशियाकै लागि पहिलो रेल छुटेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्। नेपालको काठमाडौं वा दक्षिण एशिया जे भने पनि चीनको सिआन वा अन्य शहरबाट छुटेका रेलले सामान ल्याइपुर्‍याउने भनेको सिगात्सेसम्म मात्रै हो। त्यहाँबाट सामान ट्रकमार्फत् काठमाडौं ल्याइपुर्‍याउनुपर्छ।

बेइजिङस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुशीलकुमार लम्सालले चिनियाँ कम्पनी ‘सिआन इन्टरनेसनल ट्रेड एण्ड लजिस्टिक पार्क’ को व्यवस्थापनमा सिआनबाट काठमाडौंका लागि सामान बोकेको ट्रेन छुटेको देखापढीलाई बताए। “यसमा दुई–तीन वटा एजेन्सी संलग्न भएको देखिएको छ”, उनले भने, “नेपाली व्यापारी र अन्य कम्पनीले चीनका विभिन्न शहरबाट सामान अर्डर गरेका थिए, ती सबै सामानलाई ‘निङ्बो फक्स इन्टरनेसनल सिपिङ एजेन्सी’ ले संकलन गरेर ‘सिआन इन्टरनेसनल ट्रेड एण्ड लजिस्टिक पार्क’लाई उपलब्ध गराएपछि पार्कले काठमाडौंसम्म पुर्‍याउने कामको व्यवस्थापन गरेको रहेछ।”

सिआन काठमाडौंसँग पहिलो भगिनी सम्बन्ध स्थापना गरेको पुरानो शहर हो। सन् १९९६ मै काठमाडौंसँग सिआनको भगिनी सम्बन्ध स्थापना भएको थियो। परम्परागत सिल्क रोडको प्रस्थान बिन्दु मानिने सिआनलाई बेल्ट एण्ड रोडको पनि मुख्य बिन्दु मानिन्छ।

अहिलेका लागि सातामा एक दिन काठमाडौंलक्षित सिआन–सिगात्से रेल सेवा सञ्चालन हुने जानकारी आफूले पाएको कार्यवाहक राजदूत लम्सालले बताए। यो पहिलो खेपमा १३ लाख अमेरिकी डलर बराबरको ३९० टन सामान आउँदै गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

सिआनदेखि जिलोङ पोर्टसम्मका लागि प्रतिकन्टेनर १६ हजार चिनियाँ युआन भाडा निर्धारण गरिएको छ भने पोर्टदेखि काठमाडौंसम्मको ढुवानीका लागि अतिरिक्त खर्च लाग्ने छ। रेलले नेपालका केही व्यापारीहरू र सिभिल अस्पताल, चिनियाँ कम्पनी सीजीसीओसी ग्रुप, सिनो हाइड्रो, नेपाल ब्रान्च अफ ग्रिनफोर्ड सिपिङ एजेन्सीलगायतका सामान बोकेको छ।

चीनका विभिन्न शहरबाट ट्रकमार्फत् यसअघिदेखि नै फाट्टफुट्ट ढुवानी भइरहेको भए पनि रेलमार्फत् भने धेरै ढुवानी भएको छैन। सन् २०१६ को मे महीनामा चीनको लान्झोउबाट छुटेको रेल निरन्तर चलेन भने ग्वान्झाउबाट छुटेको रेल पनि करीब चार महीनामै बन्द भएको थियो। त्यसैले सिआनबाट छुटेको रेल पनि निरन्तर चल्ला त भन्ने प्रश्न भने यथावत् छ। “अहिलेका लागि सातामा एक दिन चलाउने भन्ने जानकारी हामीले पाएका छौं”, कार्यवाहक राजदूत लम्सालले बेइजिङबाट भने, “चीनले यसलाई महत्त्व दिएको बुझ्न सकिन्छ। हामीले पनि प्रवर्द्धन गर्न सक्ने हो भने यसले निरन्तरता पाउन सक्छ।”

चीन वा तेस्रो मुलुकबाट सामान ल्याउँदा नेपालले समुद्री मार्ग हुँदै भारतको कलकत्तासम्म ल्याएर त्यहाँबाट सडकमार्गमार्फत् नेपाल ल्याउने गर्छ। त्यसका लागि एक महीनाभन्दा बढी समय लाग्ने बताइन्छ। तर, केही महँगो पर्ने भए पनि सिगात्सेसम्म रेलबाट सामान ल्याएर त्यहाँबाट ट्रकमा ल्याउँदा पनि करीब २० दिन छिटो हुने कारणले व्यापारीहरूका लागि यो एउटा आकर्षक कारण हुन सक्छ। “त्यसका लागि सरकारी निकायले सहयोग गरिदिने, नीतिगत प्रोत्साहन गर्ने हो भने यसको निरन्तरको सम्भावना रहन्छ”, लम्सालले भने, “यसको निरन्तरताको प्रश्न लागत र मागमा निर्भर रहन्छ। व्यापारीले यसरी सामान ल्याउने वातावरण सरकारले बनाइदिन सक्छ।”

२०७२ सालको भारतीय नाकाबन्दीपछि नेपालले भारतीय बाटोबाट मात्र भइरहेको अन्तर्राष्ट्रिय व्यापार विविधिकरण गर्ने निर्णय गर्दै चिनियाँ बन्दरगाह पनि प्रयोग गर्ने पहल अघि बढाएको थियो। त्यही पहल अघि बढेपछि नै पारवहन सन्धिको प्रक्रिया पनि अघि बढ्यो।

नेपालले पहिले नै पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर गरे पनि तेस्रो देशबाट चिनियाँ बन्दरगाह प्रयोग गरेर सामान ल्याउने काम अझै भइसकेको छैन। यसरी नेपाललक्षित रेल सेवा निरन्तर हुँदा त्यसका लागि पनि वातावरण बन्न सक्छ। खासगरी जापान तथा दक्षिण कोरियालगायत देशबाट त्यसरी चीन हुँदै सामान ल्याउने–लैजाने रूट बन्न सक्छ। अहिले रेलमार्फत् ग्वान्जाउबाट सिगात्सेसम्म सामान पुर्‍याउन त्यहाँबाट छेन्दू–सिआन–लान्झोउ हुँदै जानुपर्छ। चीनले उच्च प्राथमिकतासाथ बनाइरहेको छेन्दू–तिब्बत रेलमार्ग अर्को वर्षसम्म सकिने आकलन गरिएको छ। दुई दिनअघि चिनियाँ प्रधानमन्त्रीले त्यहाँको ‘नेसनल पिपुल्स कंग्रेस’ मा पेश गरेको ‘वर्क रिपोर्ट’ मा पनि यो रेलमार्ग समेटिएको छ।

यो मार्ग सञ्चालनमा आएपछि चीनबाट सडकमार्ग हुँदै सामान आयात गर्न अझै सजिलो हुनेछ। तर, त्यसका लागि चिनियाँ सीमा जोड्ने नेपालका सडकको स्तरोन्नति अत्यावश्यक शर्त हो, जुन तत्कालै हुने कुनै छाँटकाट देखिएको छैन।

A freight transport service was launched Friday between Xi'an, capital of NW China's Shaanxi, and Nepali capital Kathmandu. It will take eight days for the cargo to arrive in Kathmandu pic.twitter.com/8vO65SqviY

— China Xinhua News (@XHNews) May 24, 2020
" /> काठमाडौं। चीनको सान्सी प्रान्तको राजधानी सिआनबाट ९ जेठमा काठमाडौंका लागि व्यापारिक सामान बोकेर कार्गो रेल सिगात्सेका लागि छुटेको छ। तिब्बतको सिगात्सेसम्म रेलमार्फत् ल्याइने सामान त्यहाँबाट ठूला ट्रकमा राखेर नेपाल–चीन सीमासम्म पुर्‍याइने छ। त्यसपछि नेपालका कन्टेनर र ट्रकमार्फत् काठमाडौं पुर्‍याइनेछ।

"> नेपालको सामान बोकेर सिआनबाट सिगात्सेका लागि छुट्यो पहिलो चिनियाँ रेल, पाउला त निरन्तरता ?: Dekhapadhi
नेपालको सामान बोकेर सिआनबाट सिगात्सेका लागि छुट्यो पहिलो चिनियाँ रेल, पाउला त निरन्तरता ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्