अब ग्राहकले आफैं विद्युत् मिटर जाँचेर महसुल तिर्नुपर्ने

काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) काे जाेखिमका कारण अबदेखि ग्राहकहरूले आफ्नो घरको विद्युत मिटर आफैंले जाँच्नुपर्ने भएको छ।

महामारीका कारण प्राधिकरणका कर्मचारी मिटर जाँच्न ग्राहकको घरमा जान नसकिरहेको अवस्थामा प्राधिकरणले यस्तो सुविधा ल्याएको हो।

जसअनुसार ग्राहकले आफ्नो मिटर आफैंले हेरेर विद्युतको महसुल तिर्न सक्नेछन्।

खासगरी, महामारीका कारणले प्राधिकरणको वक्यौता बढेको छ। अधिकांश काउन्टर नै नखुलेको तथा खुले पनि ग्राहक महसुल तिर्न काउन्टरसम्म पुग्न सकेका छैनन्।

ग्राहकले काउन्टर पुगेर विद्युतको महसुल तिरे पनि नोटमार्फत् कर्मचारीमा संक्रमणको उच्च जोखिम हुन सक्छ। यसकारण विद्युत प्राधिकरण आर्थिक संकटमा फस्न लागेको छ। त्यही समस्यालाई समाधान गर्नका लागि प्राधिकरणले यस्तो सेवा शुरू गरेकाे हाे।

अबदेखि ग्राहकले आफ्नो मिटर आफैंले हेरेर खपतअनुसारको महसुल अनलाइन प्रणालीमार्फत् भुक्तानी गर्न सक्ने छन्।

प्राधिकरणले आजदेखि अनलाइन भुक्तानी सेवा शुरू गरेकाे हाे। यद्यपि यो सेवा पूर्ण अटोमेसन प्रणाली भने होइन।

पूर्ण अटोमेसन प्रणालीका लागि स्मार्ट मिटर जडान गरिनुपर्छ।

यस्तै, तत्कालका लागि औद्योगिक ग्राहकले यो सेवा प्रयोग गर्न नपाउने तर ३० लाख घरेलु प्रयोगकर्ताले यो सेवामार्फत् विद्युत महसुल भुक्तानी गर्न सक्ने बताइएको छ।

प्राधिकरणले अनलाइन मिटर रिडिङ प्रणालीमा आफ्नो मिटरमा देखाइएको वास्तविक मिटर अंक हाल्न ग्राहकहरूलाई अनुरोध गरिएको छ।

मिटर अंकमा कुनै दुरुपयोग गरिएको पाइएमा नेपाल विद्युत प्राधिकरण वितरण विनियमावलीअनुसार कारबाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ।

कसरी तिर्ने अनलाइनबाट महसुल ?

त्यसका लागि ग्राहकले consumer.nea.org.np मा गएर लगइन गर्नुपर्ने हुन्छ।

युजर आइडी बनाउनका लागि ग्राहकले रजिस्टर बटनमा क्लिक गर्नुपर्ने हुन्छ।

त्यसपछि ग्राहकको नाम, इमेल, मोबाइल नम्बर र आफूले चाहेको पासवर्ड राखेर सबमिट गर्नुपर्छ।

सबमिट गरिसकेपछि ग्राहकको युजर आइडी तयार हुन्छ। त्यसपछि ग्राहक जोडिनका लागि एड कन्जुमर पेज खुल्छ।

त्यसमा ग्राहक जोड्न एड कन्जुमर लेखिएको ठाउँमा क्लिक गरेपछि आउने पेजमा सम्बन्धित वितरण केन्द्र छानेपछि आफ्नो ग्राहक युजरनेम राखेर सबमिट गर्नुपर्छ।

लगइन गरिसकेपछि ग्राहकले आफ्नो विवरण दर्ता गर्नुपर्ने हुन्छ। त्यसपछि आफ्नो मिटरमा देखाएको मिटर अंक हाल्नुपर्छ।