नागरिक उडड्यन प्राधिकरणको वेबसाइट ह्याक, रिकभरको प्रयास गर्दै प्राविधिक टोली

काठमाडौं। नेपाल नागरिक उडड्यन प्राधिकरणको वेबसाइट ह्याक भएको छ।

भारतीय ह्याकरहरूको टीमले नेपालको हवाई उडड्यन क्षेत्रको नियामक निकायकोे वेभसाइट नियन्त्रणमा लिएको हो।

‘घोष्ट०५७_५पि३सी७०६’ नामको ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको थियाे।

प्राधिकरणले भने वेबसाइट रिकभर भइरहेको बताएको छ।

वेभसाइटमा भएका सबै डेटा सुरक्षित रहेको र केही बेरमा वेबसाइट पुनः सुचारू हुने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

“उनीहरूले फेरि ह्याक गर्न सक्छन भनेर वेभसाइट डाउन गरेर काम गरिरहेका छौं। एक डेढ घण्टामा वेबसाइट नियमित हुन्छ”, उनले भने।

प्रतिक्रिया दिनुहोस्