काठमाडौं। नेपालले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र समेटेर पूर्ण नक्शा जारी गरेलगत्तै भारतले रौतहटको सीमावर्ति क्षेत्रमा एकलौटी रूपमा बाँध निर्माण थालेको छ।
रौतहटको ईशनाथ नगरपालिका-१ बन्जरहामा पानीको बहाव समेत अवरुद्ध हुने गरी भारतले रातारात दशगजा क्षेत्रमा सडकको नाममा बलियो बाँध निर्माण गरिरहेको छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले भारतले सीमा अतिक्रमण गरी एकलौटी रूपमा दशगजा क्षेत्रमै बाँध निर्माण गर्न थालेपछि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
‘भारतीय पक्षले एकलौटी नेपाल–भारत सीमा क्षेत्रमा रहेको रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ बन्जरहामा रातारात पानीको बहाब समेत अवरुद्ध हुने गरी दशगजा क्षेत्रमा सडकको नाममा मजबुत बाँध बनारहेको घटनाप्रति सिंगो मुलुकको गम्भीर ध्यानाकर्षण हुन जरूरी छ’ साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
कोरोना भाइरसको महामारीले विश्वका साथै नेपाल समेत संकट र लकडाउनको संवेदनशील जटिलताबाट गुज्रिरहेको समयमा भारतद्वारा एकलौटी रूपमा दशगजा क्षेत्रमै पानीको बहाव रोक्ने गरी बाँध निर्माण गर्न थालेपछि उनले बिरोध गरेका हुन्।
‘भारतीय पक्षद्वारा अवैधानिक एवं अमानवीय ढंगले एकलौटी रूपमा भइरहेको निर्माण कार्यलाई तुरुन्त रोक्न तथा यी र यस्ता गम्भीर चुनौतीपूर्ण विषयलाई तत्काल उच्चस्तरको कूटनीतिक पहलमार्फत् समाधान गर्न सम्बन्धित सबै पक्षसँग जोडदार माग गर्दछु’ साहले भनेका छन्।
" /> काठमाडौं। नेपालले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र समेटेर पूर्ण नक्शा जारी गरेलगत्तै भारतले रौतहटको सीमावर्ति क्षेत्रमा एकलौटी रूपमा बाँध निर्माण थालेको छ।रौतहटको ईशनाथ नगरपालिका-१ बन्जरहामा पानीको बहाव समेत अवरुद्ध हुने गरी भारतले रातारात दशगजा क्षेत्रमा सडकको नाममा बलियो बाँध निर्माण गरिरहेको छ।

">