काठमाडौं। विश्वव्यापी महामारीको चपेटामा परेका उपभोक्ता खाद्यान्नमा भएको मूल्य वृद्धिले थप समस्यामा परेका छन्। दैनिक उपभोग्य वस्तुको सूचीमा पर्ने अत्यावश्यक वस्तुहरूको मूल्य बढ्दा उपभोक्ता मारमा परेका हुन्।
विभिन्न कारण देखाउँदै उद्योगी तथा व्यापारीहरूले खाद्यान्नको मूल्यवृद्धि गरेपछि खासगरी लकडाउनका कारण रोजगारी खोसिएका उपभोक्ता बढी मारमा पर्न थालेका छन्।
खाद्यान्नको मूल्य वृद्धि हुनुको एउटा कारण, स्थानीय तहले राहत बाँड्दा बढेको माग पनि हो। पछिल्लो समय स्थानीय तहले राहत वितरणका लागि ठूलो परिमाणमा खाद्यान्न खरिद गर्न लागेका छन्।
यसरी, स्थानीय तहले खरिद गर्ने खाद्यान्न उद्योगीबाटै खरिद गरिन्छ। त्यहीकारण लकडाउनमा उद्योगबाटै मूल्य बढेर आउन थालेको छ। ठूलो परिमाणमा दाल, चामल, तेल र चीनि जस्ता उपभोग्य वस्तुको माग बढ्न थालेपछि उद्योगहरूले नै खाद्यान्नको मूल्य बढाउन थालेका हुन्।
उत्पादन हुने उद्योगबाटै बढेर आएको खाद्यान्नको मूल्यलाई थप बढाउने काम गर्छन् थोक व्यापारीले। ढुवानी प्रणालीमा समस्या देखाउँदै थोक व्यापारीले खाद्यान्नको मूल्य ह्वात्तै वृद्धि गरेका छन्।
ढुवानी गर्ने सवारी साधानले ढुवानी भाडा महँगो लिँदा खाद्यान्नको मूल्य बढ्नु स्वाभाविक भएको खाद्य किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ बताउँछन्। त्यस्तै लकडाउनका कारण लोड/अनलोड गर्ने श्रमिक पाउनै मुस्किल भएको उनको भनाइ छ। पाइए पनि श्रमिकले महँगो पारिश्रमिक लिन थालेका छन्। बढेको ढुवानी भाडा र पारिश्रमिकले खाद्यान्नको मूल्य बढ्ने गरेको संघको तर्क छ।
खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले लकडाउनपछि अत्यावश्यक सूचीमा पर्ने दैनिक उपभोगका वस्तुको मूल्य बढेको स्वीकार गरे। उनले उद्योग तथा थोक बिक्रेताबाटै मूल्यवृद्धि भएर आएकाले खुद्रा व्यापारीकोमा आइपुग्दा बढेकै मूल्यमा सामान आइपुग्ने बताए।
कति बढ्यो खाद्यान्नको मूल्य ?
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महीनाको तथ्यांकअनुसार लकडाउनपछि भएको मूल्यवृद्धि उच्च छ।
खासगरी, यस अवधिमा दाल, चामल, तेल, पेय पदार्थ र फलफूल तथा तरकारीको मूल्य वृद्धि छुनै नसक्ने गरी बढेको छ।
गत आर्थिक वर्षको ९ महीनामा ४ दशमलव ४४ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिती यस अवधिमा बढेर ६ दशमलव ७४ पुगेको छ। राष्ट्र बैंकका अनुसार लकडाउनपछि तराई र पहाडको तुलनामा सबैभन्दा बढी मूल्य वृद्धि काठमाडौं उपत्यकामा भएको छ।
खुद्रा व्यापार संघले दिएको आँकडा अनुसार हाल सबैखाले चामलको मूल्य प्रतिबोरा (३० किलोग्राम)मा १०० रूपैयाँभन्दा बढीले मूल्य बढेको छ। प्रतिकिलो जिरा मसिनो चामल ४ र सोना मन्सुली चाम ५ रूपैयाँले बढेको छ।
यस्तै, सबैखाले दालको औषत मूल्य प्रतिकेजी २०, चिनी प्रतिकेजी ५, खाने तेल औषतमा प्रतिलिटर २० रूपैयाँले मूल्य बढेको छ।
यसबाहेक मैदा र आटाको पिठोमा भने मूल्य नबढेको संघले जानकारी दिएको छ।
तर, काठमाडौं उपत्यकामा कायम रहेको यो मूल्य देशभर लागू नहुने खुद्रा व्यापार संघले बताएको छ।
बढ्यो मासुको मूल्य
हाल कुखुराको मासुको मूल्य बढेर प्रतिकेजी ३२० रूपैयाँ पुगेको छ। यो मूल्य लकडाउनमा घटेर प्रतिकेजी २८० रूपैयाँमा आएको थियो। तर, लकडाउनकै बीच प्रतिकेजी ४० रूपैयाँले बढेको हो।
ह्याचरी उद्योग संघका अध्यक्ष टीका पोखरेलले मासुको उत्पादन घट्न थालेकाले मूल्य बढ्न थालेको बताए।
उनले भने, “किसानले अण्डा र चल्ला नष्ट गरेपछि बजारमा कुखुराको अभाव छ। त्यसैले मूल्य बढेर प्रतिकेजी ५०० रूपैयाँसम्म जान सक्छ।”
ह्याचरी संघका अनुसार कुखुराको मासुको मूल्य जिल्लैपिच्छ फरक-फरक हुन्छ।
के भन्छन् उपभोक्ता अधिकारकर्मी ?
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बजारको मूल्य निर्धारणमा व्यापारीहरू हावी हुँदा उपभोक्ता ठगिने गरेको बताए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले महामारीको समयमा प्रभावकारी भूमिका खेल्न नसक्दा बजारको मूल्य निर्धारणमा व्यापारीहरूले एकाधिकार कायम गरेको उनले बताए।
“ती कम्पनीहरूले दैनिक उपभोग्य वस्तुहरूको बिक्री वितरणमा अग्रसरता देखाएको भए उपभोक्ता मूल्य वृद्धिको चपेटामा फस्दैनथे”, उनले भने।
अनुगमन गर्ने निकाय व्यापारीलाई जरिवाना गर्नतर्फ केन्द्रित भएर समस्या समाधान गर्नतर्फ केन्द्रित नहुँदा तथा उजुरी परेपछि मात्र बजारको अनुगमन गरिँदा समस्या समाधान हुन नसकेको हो।
खाद्य वस्तुमा मूल्यवृद्धि
चामल (प्रतिबोरा, ३० किलो) – १०० रूपैयाँ
चामल प्रतिकेजी – ५ रूपैयाँ
दाल प्रतिकेजी – २० रूपैयाँ
चिनी प्रतिकेजी – ५ रूपैयाँ
खाने तेल प्रतिलिटर – २० रूपैयाँ
कुखुराको मासु प्रतिकेजी – ४० रूपैयाँ
स्रोतः खुद्रा व्यापार संघ, ह्याचरी उद्योग संघ