चावहिलमा घर भत्काउने क्रममा दुईजना घाइते, एकको अवस्था गम्भीर

" /> चावहिलमा घर भत्काउने क्रममा दुईजना घाइते, एकको अवस्था गम्भीर

"> चावहिलमा घर भत्कँदा घाइते भएका तामाङकाे मृत्यु: Dekhapadhi
चावहिलमा घर भत्कँदा घाइते भएका तामाङकाे मृत्यु
काठमाडाैं। चावहिलदेखि चुच्चेपाटी जाने बाटो नजिकै मूल सडकमा रहेको एक पुरानो घर भत्किँदा घाइते भएका कामदार दीपक तामाङकाे मृत्यु भएकाे छ।

तामाङकाे उपचारका क्रममा पाैने ६ बजेतिर मृत्यु भएकाे महानगरीय प्रहरी वृत्त गाैशालाका डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए।

अर्का घाइते पैदल यात्री रामबहादुर कुँवरकाे अवस्थामा भने सामान्य रहेकाे उनकाे भनाइ छ।

प्रहरीका अनुसार घर भत्काउने क्रममा छतमा खुट्टाले टेक्दा छतसहित तामाङ खसेका थिए।

घरधनी गोविन्द श्रेष्ठले पुरानो मोडलको घर भत्काएर नयाँ बनाउन भत्काउने ठेक्का दिएर काम गराइरहेका थिए ।

चारतले घर एकदमै पुरानाे र इँटा, काठले बनेकाे थियाे।

पढ्नुहाेस्ः

चावहिलमा घर भत्काउने क्रममा दुईजना घाइते, एकको अवस्था गम्भीर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्