प्रदेश ५ सभा बैठक स्थगित
<p>रुपन्देही। प्रदेश ५ प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगन गरिएको छ।</p>
<p>विशेष कारण जनाउँदै बैठक भोलिका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ।</p>
<p>सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले आज बिहान ११ बजेका लागि निर्धारण गरिएको बैठक विशेष कारणवश बस्न नसकिने सूचनामार्फत जानकारी गराएका छन्।</p>
<p>प्रदेशसभा नियमावली २०७४ बमोजिम सभामुखले अर्को बैठक भोलि, १३ जेठ दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको सूचनामा जानकारी गराइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्