उद्योग मन्त्रालयले भन्याे- ‘सीमा विवादका कारण भारतले चिया राेकेकाे हाेइन’

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सीमा विवादका कारण भारतले चिया निर्यातमा अवरोध नगरेको बताएको छ।

भारतले काँकडभिट्टा भन्सार नाकाबाहेक अन्य नाकाबाट चिया निर्यातमा कुनै अवरोध नगरेको मन्त्रालयकाे भनाइ छ।

उद्योग राज्यमन्त्री मोतीलाल दुगडले भारतले चिया निकासीमा कुनै पनि अवरोध नगरेको बताए। कोरोना भाइरसको संक्रमण जोखिमका कारण काँकडभिट्टा नाका एकतर्फीरूपमा सञ्चालनमा छ।

तर, नाका एकतर्फीरूपमा सञ्चालनमा ल्याउन सीमा विवादको विषय चर्किएको थिएन्। मन्त्री दुगडले भने, “काँकडभिट्टा नाकाबाट केही अवरोध भएको हो। कोरोना भाइरसलाई कारण देखाउँदै त्यहाँबाट चियामात्र नभई कुनै पनि वस्तु भारततर्फ जाँदैनन्।”

उक्त नाकाबाट नगए पनि अन्य नाकाबाट भारततर्फ नेपाली चिया निर्यात भइरहेको दुगडको भनाइ छ।

हाल भारतको प्रान्तीय सरकार पश्चिम बंगालले काँकडभिट्टा नाका एकतर्फीरूपमा मात्रै सञ्चालनमा ल्याएको छ।

सोहीकारण काँकडभिट्टा नाकाबाट कुनै पनि सामान भारततर्फ जाँदैन।

प्रतिक्रिया दिनुहोस्