प्रधानमन्त्रीको घोषणा- ‘२ प्रतिशत जनसंख्यामा कोरोना परीक्षण पुर्‍याउँछाैं' <p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकथामका लागि परीक्षणको दायरा विस्तार गरिने बताएका छन्। कूल जनसंख्याको कम्तीमा दुई प्रतिशतलाई परीक्षणको दायरामा ल्याइने उनले उल्लेख गरेका छन्।</p> <p>आज साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा प्रधानमन्त्रीले परीक्षणको दायरा विस्तार गर्न किट तथा औषधिको प्रबन्ध द्रूत गतिमा गरिने, यसलाई अझ उन्नत बनाइनेसमेत बताए।</p> <p>&ldquo;विज्ञहरुले दिएको सल्लाहबमोजिम कम्तिमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजनामा सरकार छ&rdquo;, प्रधानमन्त्रीले सम्बोधनमा भने।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्