काठमाडौं। सरकारले भारतबाट आइरहेका ठूलो संख्याका नेपालीलाई राख्न समस्या भएपछि होटललाई पनि क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने तयारी अघि बढाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा गरेको सम्बोधनमा यसबारे जानकारी दिएका हुन्।
कोरोना संक्रमणको महामारीविरुद्ध जुध्न सरकारले गरेको लकडाउनका कारण अहिले देशैभरका होटल बन्द छन्। कतिपय होटलले सरकारलाई आफ्ना होटलहरू प्रयोग गर्न पनि आग्रह गरिसकेका छन्।
प्रधानमन्त्री ओलीले क्वारेन्टाइनको संख्या बढाउने र त्यसको स्तरमा पुनरावलोकन गरी व्यापक सुधार गरिने उल्लेख गर्दै त्यसका लागि होटललाई समेत प्रयोग गरिने बताएका हुन्।
“आवश्यकताअनुसार बन्द अवस्थामा रहेका होटल तथा उपयुक्त सार्वजनिक संरचनाहरूलाई समेत क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने बारेमा समेत योजना बनाइएको छ”, प्रधानमन्त्रीले भने, “केन्द्रीय योजना र स्थानीय तहको व्यवस्थापनमा संक्रमित नागरिकको स्वास्थ्योपचार र क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूको खानपान तथा हेरचाह व्यवस्थित गरिने छ।”
" /> काठमाडौं। सरकारले भारतबाट आइरहेका ठूलो संख्याका नेपालीलाई राख्न समस्या भएपछि होटललाई पनि क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने तयारी अघि बढाएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा गरेको सम्बोधनमा यसबारे जानकारी दिएका हुन्।

">