विदेशमा रहेका नेपाली ल्याउन विशेष आदेश जारी गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मुलुकमा रहेका नेपालीलाई कोरोना महामारीको असरबाट जोगाएर स्वदेश फर्काउन सरकारले विशेष आदेश जारी गर्न लागेको बताएका छन्।

आज साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमार्फत् प्रधानमन्त्रीले यसबारे जानकारी दिएका हुन्।

“मैले नेपालीहरू ठूलो संख्यामा कार्यरत रहेका मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग गम्भीर संवाद गरेको छु, नेपालीहरूको अप्ठ्यारोमा सहयोग गर्न मैले गरेको आग्रहमा उहाँहरूले निश्चिन्त रहन आश्वस्त पार्नुभएको छ”, प्रधानमन्त्रीले भने, “यसका अतिरिक्त विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना सहितको आदेश तत्काल जारी गरिने छ ।”

विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आप्mना नागरिकलाई सरकारले सरकारले समयमै उद्दार गर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै शुरु गरिने बताएका छन्।

सरकार आफ्ना नागरिकप्रति संवेदनशील रहेको र यसमा निश्चिन्त रहनसमेत उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्