व्यावसायिक क्षेत्रलाई कर र ऋणको ब्याजमा सहुलियत दिने घोषणा
<p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक व्यावसायिक क्षेत्रका लागि राहत सुविधाको व्यवस्था सरकारले गर्ने बताएका छन्।</p>
<p>आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर सहुलियत, शुल्क मिनाहा, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युतलगायतका क्षेत्रमा छुट दिने बताएका छन्।</p>
<p>उनले भने, “निजी क्षेत्र सबल नहुँदा अर्थतन्त्र सबल हुन सक्दैन भन्ने यथार्थलाई सरकारले राम्रोसँग बुझेको छ।”</p>
<p>कोरोना महामारीको दुस्प्रभावले शिथिल बनेकोे अर्थव्यवस्थालाई दुरुस्त गर्न आवश्यक आर्थिक पुनरूत्थानसम्बन्धी विस्तृत प्रस्ताव अर्थ मन्त्रालयले छुट्टै जारी गर्ने पनि प्रधानमन्त्री ओलीले बताए।</p>
प्रतिक्रिया दिनुहोस्