काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्कने नेपालीको आत्मसम्मानमा चोट पुग्ने कुनै पनि क्रियाकलाप नगर्न अपील गरेका छन्।
आज साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले बोली र व्यवहार दुवैबाट विदेशमा फर्किएकाहरूलाई चोट नपुर्‍याउन अपील गरेका हुन्।
“हामी स्पष्ट हुनुपर्दछ, कोही पनि रहरले मात्र विदेशिएको हुँदैन, कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ, कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन”, प्रधानमन्त्रीले भने, “कसैको पनि बोली र व्यवहारबाट घर फर्किएकाहरूको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत रहन म सबै देशबासीहरूलाई आग्रह गर्दछु ।”
प्रधानमन्त्रीले घर फर्किएका सबैलाई आफ्ना कारणले आफ्नो परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्क रहन र चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्यसम्बन्धी अन्य नियमहरूको पालना गर्नसमेत अनुरोध गरेका छन्।
त्यसक्रममा उनले भारतबाट फर्कनेहरूले यसलाई पालना नगरिदिएको गुनासो पनि गरेका छन्।
“विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरूप घर फर्किनेहरूको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो”, प्रधानमन्त्रीले भने, “तर, छिमेकी मित्रराष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरू नियमको पालना र परीक्षणबिना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ। परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ।”
प्रधानमन्त्रीले स्वदेश फर्किइसकेकालाई छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टाइनमा रहन र अन्य नियमहरूको पालना गर्नसमेत आग्रह गरेका छन्। यस कार्यमा सघाउन स्थानीय तहदेखि जनस्तरको भूमिकाको आह्वानसमेत प्रधानमन्त्रीले गरेका छन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्कने नेपालीको आत्मसम्मानमा चोट पुग्ने कुनै पनि क्रियाकलाप नगर्न अपील गरेका छन्।
"> प्रधानमन्त्रीको अपील- ‘कोही रहरले विदेशिएको हुन्न, विदेशबाट फर्कनेको आत्मसम्मानमा चोट नपुर्‍याऔं’: Dekhapadhi
प्रधानमन्त्रीको अपील- ‘कोही रहरले विदेशिएको हुन्न, विदेशबाट फर्कनेको आत्मसम्मानमा चोट नपुर्‍याऔं’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्कने नेपालीको आत्मसम्मानमा चोट पुग्ने कुनै पनि क्रियाकलाप नगर्न अपील गरेका छन्।
“हामी स्पष्ट हुनुपर्दछ, कोही पनि रहरले मात्र विदेशिएको हुँदैन, कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ, कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन”, प्रधानमन्त्रीले भने, “कसैको पनि बोली र व्यवहारबाट घर फर्किएकाहरूको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत रहन म सबै देशबासीहरूलाई आग्रह गर्दछु ।”
प्रधानमन्त्रीले घर फर्किएका सबैलाई आफ्ना कारणले आफ्नो परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्क रहन र चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्यसम्बन्धी अन्य नियमहरूको पालना गर्नसमेत अनुरोध गरेका छन्।
त्यसक्रममा उनले भारतबाट फर्कनेहरूले यसलाई पालना नगरिदिएको गुनासो पनि गरेका छन्।
“विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरूप घर फर्किनेहरूको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो”, प्रधानमन्त्रीले भने, “तर, छिमेकी मित्रराष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरू नियमको पालना र परीक्षणबिना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ। परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ।”
प्रधानमन्त्रीले स्वदेश फर्किइसकेकालाई छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टाइनमा रहन र अन्य नियमहरूको पालना गर्नसमेत आग्रह गरेका छन्। यस कार्यमा सघाउन स्थानीय तहदेखि जनस्तरको भूमिकाको आह्वानसमेत प्रधानमन्त्रीले गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्