काठमाडौं। कोरोना भाइरस संक्रमणको केन्द्र बनेको प्रदेश ५ को जिल्ला बाँकेमा सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ।
बाँकेका सीडीओ कुमारबहादुर खड्काको ठाउँमा गृह मन्त्रालयले रामबहादुर कुरुम्वाङलाई पठाउने निर्णय आज गरेको हो। कुरुम्वाङ हाल स्याङ्जाको सीडीओको रूपमा कार्यरत थिए।
स्याङ्जाअघि उनी बाँकेको छिमेकी जिल्ला बर्दियाको सीडीओ थिए। सीडीओको रूपमा उनले अरु थुप्रै जिल्लाको नेतृत्व गरिसकेका छन्।
गृह प्रशासनमा सरुवा हुनुअघि पनि उनले बाँकेमा बसेर काम गरेका थिए।
बाँकेमा संक्रमण तीब्र हुनुमा प्रशासनको फितलो भूमिका जिम्मेवार रहेको आरोप लागिरहेका बेला गृहले सीडीओ फेरबदल गरेको हो।
बाँकेमा मात्र अहिलेसम्म १४६ जना कोरोना संक्रमित भेटिएका छन्। यसमा एकजनाकाे मृत्यु भइसकेको छ।
बाँकेसँगै आज सप्तरी, पर्वत र जुम्लाका सीडीओ पनि फेरिएका छन्।
सप्तरीमा शंकरहरि आचार्य, पर्वतमा शम्भुप्रसाद रेग्मी, जुम्लामा भूपेन्द्र रानाको सरुवा गरिएको छ।
पर्वतका सीडीओ कल्पना घिमिरे नेपाललाई चितवनको सहायक सीडीओ बनाएर पठाइएको छ।
जुम्लाका दुर्गा बन्जाडेलाई पाल्पाको सहायक सीडीओ बनाएर पठाइएको छ भने सप्तरीमा रहेका सुनिल खनाललाई अध्यागमन विभागमा सरुवा गरिएको छ।
स्याङ्जामा भने कसैलाई पठाइएको छैन।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको केन्द्र बनेको प्रदेश ५ को जिल्ला बाँकेमा सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ।बाँकेका सीडीओ कुमारबहादुर खड्काको ठाउँमा गृह मन्त्रालयले रामबहादुर कुरुम्वाङलाई पठाउने निर्णय आज गरेको हो। कुरुम्वाङ हाल स्याङ्जाको सीडीओको रूपमा कार्यरत थिए।

">