काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोभिड–१९ सँग जुध्ने सरकारी रणनीति र तयारीबारे जानकारी गराएका छन्। त्यसक्रममा उनले धेरै विषयमा स्पष्ट पार्ने प्रयास गरे। सरकारले नीतिगत निर्णय वा कुनै प्याकेजमार्फत् गर्ने घोषणा भने गरेनन्, सायद तीन दिनपछि संसदमा पेश हुने बजेटका लागि त्यो उनले खाली छाडे।

आज प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनमा धेरै विषय छोएका छन्, जसमध्ये प्रमुख विषयहरूलाई यहाँ संक्षेपमा प्रस्तुत गरिएको छ।

‘विदेशमा रहेका नेपाली ल्याउँछौं’

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा विभिन्न मुलुकमा रहेका नेपालीलाई कोरोना महामारीको असरबाट जोगाएर स्वदेश फर्काउन सरकारले विशेष आदेश जारी गर्न लागेको बताए।

“मैले नेपालीहरू ठूलो संख्यामा कार्यरत रहेका मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग गम्भीर संवाद गरेको छु, नेपालीहरूको अप्ठ्यारोमा सहयोग गर्न मैले गरेको आग्रहमा उहाँहरूले निश्चिन्त रहन आश्वस्त पार्नुभएको छ”, प्रधानमन्त्रीले भने, “यसका अतिरिक्त विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजना सहितको आदेश तत्काल जारी गरिने छ।”

विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई सरकारले सरकारले समयमै उद्धार गर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै शुरू गरिने बताएका थिए। सरकार आफ्ना नागरिकप्रति संवेदनशील रहेको र यसमा निश्चिन्त रहनसमेत उनले आग्रह गरे।

‘कोही रहरले विदेशिएको हुन्न, उनीहरूको आत्मसम्मानमा चोट नपुर्‍याऔं’

प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीलाई जसरी पनि स्वदेश फर्काउने बताएपछि त्यसरी फर्किने नेपालीको आत्मसम्मानमा चोट पुग्ने गरी कुनै टिप्पणी नगर्न पनि सर्वसाधारणलाई अपिल गरे ।

“हामी स्पष्ट हुनुपर्दछ, कोही पनि रहरले मात्र विदेशिएको हुँदैन, कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ, कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन”, प्रधानमन्त्रीले भने, “कसैको पनि बोली र व्यवहारबाट घर फर्किएकाहरूको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत रहन म सबै देशबासीहरूलाई आग्रह गर्दछु ।”

प्रधानमन्त्रीले घर फर्किएका सबैलाई आफ्ना कारणले आफ्नो परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्क रहन र चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्यसम्बन्धी अन्य नियमहरूको पालना गर्नसमेत अनुरोध गरेका छन्।

विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना नभएको गुनासो

विदेशबाट फर्केर आउने कसैको पनि आत्मसम्मानमा ठेस पुग्ने अभिव्यक्ति दिन र व्यवहार नगर्न आग्रह गरेका प्रधानमन्त्री ओली भारतबाट फर्कने नेपालीका हकमा विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना नभएको पनि बताए। भारतबाट बिना कुनै परीक्षण ठूलो संख्यामा नेपालीहरु भित्रिएका छन् भने उनीहरुमध्ये कतिपयलाई नेपालमा संक्रमण देखिएको छ।

“विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरूप घर फर्किनेहरूको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो”, प्रधानमन्त्रीले भने, “तर, छिमेकी मित्रराष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरू नियमको पालना र परीक्षणबिना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ। परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ।”

प्रधानमन्त्रीले स्वदेश फर्किइसकेकालाई छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टाइनमा रहन र अन्य नियमहरूको पालना गर्नसमेत आग्रह गरेका छन्। यस कार्यमा सघाउन स्थानीय तहदेखि जनस्तरको भूमिकाको आह्वानसमेत प्रधानमन्त्रीले गरेका छन्।

‘दुई प्रतिशत जनसंख्यामा कोरोना परीक्षण’

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना संक्रमण रोकथामका लागि परीक्षणको दायरा विस्तार गरिने बताए। कूल जनसंख्याको कम्तीमा दुई प्रतिशतलाई परीक्षणको दायरामा ल्याइने उनले उल्लेख गरे।

प्रधानमन्त्रीले परीक्षणको दायरा विस्तार गर्न किट तथा औषधिको प्रबन्ध द्रूत गतिमा गरिने, यसलाई अझ उन्नत बनाइनेसमेत बताए।

“विज्ञहरुले दिएको सल्लाहबमोजिम कम्तिमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजनामा सरकार छ”, प्रधानमन्त्रीले भने।

‘प्रयास प्रभावकारी भए पनि ढुक्क हुने स्थिति छैन’

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना संक्रमणको महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदम प्रभावकारी भएको दाबी गरे।

सरकारले चालेका कदमले डरलाग्दो क्षतिबाट जोगाएको उनले बताए ।

“लकडाउनले जीवनलाई असहज त बनाएको छ, तर यसले सामाजिक दूरी कायम गर्न, केसहरु पहिचान गर्न, आइसोलेसनमा राख्न र संक्रमितको सम्पर्कमा रहेका व्यक्ति पत्ता लगाउन मद्दत पुर्‍याएको छ”, प्रधानमन्त्रीले सम्बोधनमा भने, “समयमै गरिएको लकडाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरू बन्द गर्ने निर्णयलगायतका कदमले महामारीबाट हुनसक्ने डरलाग्दो क्षतिलाई जोगाएको छ । यसबीचमा २ महिनाका शिशुदेखि ८१ वर्षीया वृद्धासम्मलाई निको पार्न सकिनुलाई उपलब्धिका रूपमा लिइनुपर्छ।”

प्रधानमन्त्रीले दक्षिण एशियाका कतिपय मुलुकहरूको तुलनामा नेपालमा महामारी नियन्त्रणको स्थिति प्रभावकारी रहेको तर ढुक्क भएर बस्ने स्थिति भने नभएको बताए। “कोरोनाविरुद्धको हाम्रो लडाइँ निकै चुनौतीपूर्ण र लामो छ भन्ने यथार्थप्रति सरकार सचेत छ, प्रधानमन्त्रीले भने।”

व्यावसायिक क्षेत्रलाई कर र ऋणको ब्याजमा सहुलियत दिइने

प्रधानमन्त्री ओलीले कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक व्यावसायिक क्षेत्रका लागि राहत सुविधाको व्यवस्था सरकारले गर्ने बताए।

कर सहुलियत, शुल्क मिनाहा, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युतलगायतका क्षेत्रमा छुट दिने उनको भनाइ थियो ।

उनले भने, “निजी क्षेत्र सबल नहुँदा अर्थतन्त्र सबल हुन सक्दैन भन्ने यथार्थलाई सरकारले राम्रोसँग बुझेको छ।”

कोरोना महामारीको दुस्प्रभावले शिथिल बनेको अर्थव्यवस्थालाई दुरुस्त गर्न आवश्यक आर्थिक पुनरूत्थानसम्बन्धी विस्तृत प्रस्ताव अर्थ मन्त्रालयले छुट्टै जारी गर्ने पनि प्रधानमन्त्री ओलीले बताए।

अब होटल पनि क्वारेन्टाइन

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा सरकारले होटेललाई पनि क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने सरकारी योजना सुनाए। कोरोना संक्रमणको महामारीविरुद्ध जुध्न सरकारले गरेको लकडाउनका कारण अहिले देशैभरका होटल बन्द छन्। कतिपय होटलले सरकारलाई आफ्ना होटलहरू प्रयोग गर्न पनि आग्रह गरिसकेका छन्।

प्रधानमन्त्री ओलीले क्वारेन्टाइनको संख्या बढाउने र त्यसको स्तरमा पुनरावलोकन गरी व्यापक सुधार गरिने उल्लेख गर्दै त्यसका लागि होटललाई समेत प्रयोग गरिने बताएका हुन्।

“आवश्यकताअनुसार बन्द अवस्थामा रहेका होटल तथा उपयुक्त सार्वजनिक संरचनाहरूलाई समेत क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने बारेमा समेत योजना बनाइएको छ”, प्रधानमन्त्रीले भने, “केन्द्रीय योजना र स्थानीय तहको व्यवस्थापनमा संक्रमित नागरिकको स्वास्थ्योपचार र क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूको खानपान तथा हेरचाह व्यवस्थित गरिने छ।”

र, अन्त्यमा जनतालाई कोरोनासँग लड्ने टिप्स

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनका क्रममा कोरोना भाइरससँग लड्ने पाँच सुत्र सुझाए।

त्यसक्रममा उनले भाइरसविरुद्धको नयाँ खोप पत्ता नलागेसम्म यस महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै आनीबानी र आहार–विहारमा आवश्यक सतर्कता अपनाउनु रहेको बताएका थिए।

“हालसम्मका उपायहरू हुन्– भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्ने र हरेक व्यक्तिमा प्रतिरोधी क्षमता वृद्धि गर्ने। सोचौं, हुनेखाने हुन् वा हुँदा खानेको, अचारको रूपमा होस् वा तरकारी, हाम्रा भान्छामा प्रयोग हुने केही तत्वहरूमा किन समानता पाइन्छ ?”, प्रधानमन्त्रीले भने, “किनकि त्यसमा औषधिय तत्व छ। हाम्रा पूर्वजहरूले हजारौं वर्षदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा हाम्रो भान्छामा प्रयोग हुँदै आएका ती औषधिय तत्वले रोगको प्रतिरोध क्षमता बढाउन बल पुर्‍याइरहेका छन्।”

प्रधानमन्त्री ओलीले महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाउन, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गर्न, आफ्नो शरीर र बासस्थान दुवैको सरसफाइमा ध्यान दिन, पर्याप्त आराम गर्न र उच्च मनोबल कायम राख्न अपील गरेका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोभिड–१९ सँग जुध्ने सरकारी रणनीति र तयारीबारे जानकारी गराएका छन्। त्यसक्रममा उनले धेरै विषयमा स्पष्ट पार्ने प्रयास गरे। सरकारले नीतिगत निर्णय वा कुनै प्याकेजमार्फत् गर्ने घोषणा भने गरेनन्, सायद तीन दिनपछि संसदमा पेश हुने बजेटका लागि त्यो उनले खाली छाडे।

"> प्रधानमन्त्रीको घोषणा– ‘विदेशमा अलपत्र नेपालीलाई ल्याउँछौं, २ प्रतिशत जनसंख्याको कोरोना परीक्षण गर्छौं’: Dekhapadhi
प्रधानमन्त्रीको घोषणा– ‘विदेशमा अलपत्र नेपालीलाई ल्याउँछौं, २ प्रतिशत जनसंख्याको कोरोना परीक्षण गर्छौं’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्