कोरोना सुरक्षा सामग्री खरीदमा १० प्रतिशत छुट
काठमाडौं। एनआईसी एशिया बैंक र मोबाइल एप रिचार्जरबीच कोरोना संक्रमणको जोखिम न्यूनिकरणको लागि प्रयोग हुने स्वास्थ्य सामग्री खरीदमा छुट दिने सम्झौता भएको छ।

सम्झौता अनुसार अब बैंकका ग्राहकले रिचार्जरबाट सामान किनेर क्यू आर कोड, डेविट कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट पाइने छ।

दुई कम्पनीबीच भएको सम्झौतापछि बैंकका ग्राहकहरूले मे महीना भरी रिचार्जरको माध्यमबाट कोरोना सुरक्षाका सामान किन्दा थप १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

रिचार्जरबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, “अर्डर भएको सामानको महशुल भुक्तान भएपछि १० प्रतिशत रकम खातावालाको बैंक खातामा फिर्ता हुनेछ।”

हाल रिचार्जरले नि:शूल्क होम डेलिभरीसहीत के एन ९५ मास्क उपलब्ध गराउँदै आएको छ।

यस्तै, सामाजिक उत्तरदायित्व अन्तर्गत रिचार्जरले अलिबाबा, अमेजन लगायतका प्लेटर्ममा भन्दा पनि सस्तो मूल्यमा मास्क उपलब्ध गराइरहेको कम्पनीले बताएको छ।

त्यसैगरी, कम्पनीले मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, व्यक्तिगत सुरक्षाका सामग्रीहरू बिक्री वितरण गर्दै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्