स्ट्यान्डर्ड नाप तौल पाँचौं संशोधन विधेयक राष्ट्रियसभामा

काठमाडौं। स्ट्यान्डर्ड नाप तौल पाँचौं संशोधन विधेयक राष्‍ट्रियसभामा पेश भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आज राष्‍ट्रियसभाको बैठकमा विधेयक पेश गरेका हुन्।

यस्तै, उनले प्रत्याययन एग्रिडिटेशन विधेयक पनि राष्‍ट्रियसभामा पेश गरेका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले बीउविजन दोस्रो संशोधन विधेयक र बिरुवा संरक्षण पहिलो संशोधन विधेयक विधायन व्यवस्थापन समितिमा दफावर छलफलका लागि पेश गरेका छन्। कृषि मन्त्रीको उक्त प्रस्ताव राष्‍ट्रियसभाले पारित गरी विधान व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ।

त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको अनुगमन तथा मूल्यांकन विधेयकमा आजदेखि राष्‍ट्रियसभामा छलफल शुरू भएको छ।

प्रतिक्रिया दिनुहोस्