संसदमा प्रयोग हुन थाल्यो नेपालको पूर्ण नक्सासहितको लोगो

काठमाडौं। संघीय संसदमा नेपालको पूर्ण नक्शा बमोजिम अध्यावधिक गरिएको लोगो आजदेखि प्रयोग गर्न शुरु गरिएको छ।

संसदका दुवै सदन र सबै सांसदहरुले प्रयोग गर्ने लोगोमा सरकारले हालै जारी गरेको पूर्ण नक्शा राखेर अध्यावधिक गर्ने दुवै सदनका कार्यव्यवस्था परामर्श समितिको निर्णय बमोजिम आजदेखि संसदको लोगो फेरिएको हो।

अब यसै बमोजिम दुवै सदनका सांसदहरुको लोगो पनि परिवर्तन गरिने छ। यसअघि ५ जेठमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको नेपालको नक्शा ७ जेठमा सार्वजनिक गरिएको थियो।

भारतद्वारा अतिक्रमित लिम्पियाधुरासमेतको भूभाग समेटिएको नक्शा जारी भएपछि त्यसैअनुसार प्रचलनमा रहेका नक्शाहरु परिवर्तन गर्ने क्रम चलिरहेको छ।

नेपालको निशान छापमा रहेको नक्शालाई पनि प्रतिस्थापन गरी पूर्ण नक्शाअनुसार अध्यावधिक गर्न संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा दर्ता भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्